आचार्यद्धारा सम्झना बाल विकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नम्बर २ को सम्झना बाल विकास केन्द्र विकासनगरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्रमा अध्ययनरत बाल बालिकाहरुको बौद्धिक विकासका लागि शैक्षिक सामाग्री वितरण गरिएको हो । बिहीबार आयोजित शुभ दिपावली, छठ पर्व शुभकामना आदान प्रदान र बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तण कार्यक्रममा प्रमुख अतिथी कोहलपुर नगपालिका पमुख पूर्ण प्रसाद आचार्य रहेका थिए ।वडा अध्यक्ष हरी कठायतको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि बालबालिकाहरुको पढाईमा प्रोत्साहन मिल्ने बताएका छन् । अचार्यले सबैलाई यस्ता कार्यमा ध्यान दिएमा बाल विकास केन्द्रको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताए ।आचार्यले कोहलपुर नगरपालिकाको शैक्षिक सुधारको लागी पनि शैक्षिक सामाग्री वितरण गरिएको वताए । उनले बाल विकास केन्द्रमा देखिएका हरेक समस्याहरुको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  बालविकास केन्द्रका शिक्षकको अभाव भएको कुरालाई गम्भिर रुपमा लिएको भन्दै आचार्यले यसको पदपुर्ति गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । कार्यक्रममा विशिष्ट अतिथी कोहलपुर नगर उपप्रमखु संगीता सुवेदीले विद्यालयको गुणस्तरका लागि बाल विकास केन्द्रदेखि नै सुधार हुनुपर्ने बताईन् । सुवेदीले सबै विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएकी हुन् । उनले शैक्षिक विकासमा विद्यालय र शिक्षक मात्र नभई स्थानीय अभिभावकको अहंम भूमिका हुने भन्दै विकास निर्माणमा पनि सामुहिक हातेमालोको आवश्यक्ता औल्याईन् ।

 

३ कार्तिक २०७९ मा प्रकाशित
Nabintech