कोहलपुरमा देउडा खेल शुरु

पिपलबाेट संवाददाता


कर्णाली देउडा साँस्कृतिक समाज कोहलपुरको आयोजनामा दुई दिने कोहलपुरमा कर्णाली देउडा सास्कृतिक कार्यक्रम शुरु गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. २मा आयोजना गरिएको कार्यक्रमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद अचार्यले विभिद साँस्कृतिक सम्पदा भएको हाम्रो मुलुकमा यस्ता खालका कार्यक्रम संचालन गर्नु आफैमा महत्व पूर्ण कार्य भएको वताए । यसरी समाजमा कार्यक्रम संचालन गरेमा समाजमा साँस्कृतिकको जगेर्ना हुने आचार्यले वताए । कार्यक्रमा विशिष्ट अतिथि कोहलपुर नगरपालिका वडा नं. २का वडा अध्यक्ष हरि कठायतले कोहलपुरमा करिव ३० प्रतिशत जनसंख्या कर्णाली प्रदेशको रहेको हुँदा कर्णाली क्षेत्रमा खेलिने देउडा खेलको कोहलपुरमा खेलाएकोमा आयोजक समितिलाई धन्यवाद दिएका थिए । साथै कठायतले यस्ता किसिमका खेलहरुको संरक्षण गर्ने दायित्व पनि स्थानिय सरकारको रहेको र आगामी वर्षको वजेटमा रकम विनियोजन गर्न आफुले पहल गर्ने प्रतिबद्धता समेत गरेका थिए । कार्यक्रममा कर्णाली सेवा समाजका अध्यक्ष नर वहादुर मल्ल , जन एकाता मध्यवति सामुदायिक वनकी अध्यक्ष प्रभा मल्ल ,कर्णाली सेवा समाजका महासचिव उमानन्द काफ्ले ,मुगाली सेवा समाजका उपाध्यक्ष धर्म वहादुर शाही , मुगाली सेवा समाजका सचिव जुहारी लाल चौलागाई , रहेका थिए । कार्यक्रमा देउडा खेलाडीहरु राज वहादुर शाही ,सरिता शाही ,केशर कला मल्ल र सविता जैसी रहेका छन् । कार्यक्रमको सभापतित्व कर्णाली देउडा साँस्कृतिक समाजका अध्यक्ष धर्म वहादुर शाहीले गरेका थिए भने कार्यक्रम मा स्वागत मन्तव्य समाजका उपाध्यक्ष भरत वहादुर शाहीले गरेको समाजका सदस्य ओमजंग शाहीले वताएका थिए । कार्यक्रमा संचालन समाजका सचिव जयरुप मल्लले संचालन गरेका थिए । देउडा खेल शुक्रबार सम्म संचालन हुने भएको छ ।

३ कार्तिक २०७९ मा प्रकाशित
Nabintech