काँग्रेसका उम्मेदवारलाई जिताउन भातृ तथा शुभेच्छुक संस्था प्रतिवद्धता

पिपलबाेट संवाददाता


आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता ब्यक्त गरिएको छ ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले शनिबार नेपालगन्जमा आयोजना
गरेको छलफलमा भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवम् प्रतिनिधीले निर्वाचनमा आफ्नो संयन्त्रलाई ब्यापक रुपमा परिचालन गरेर सक्रियता पुर्वक लाग्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न उक्त छलफलमा नेपाल तरुण दल बाँकेका अध्यक्ष
विरेन्द्र शाह, लोकतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष
नरेन्द्र थापा, नेपाल शिक्षक संघका अध्यक्ष विरेन्द्र यादव, डिएलए बाँकेका अध्यक्ष जनकबहादुर शाही, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल टे«ड युनियन कांग्रेसका सचिव तोजिन्द्र बिक, प्रजातान्त्रिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष सुवास गौतम, नेपाली कांग्रेसका बुथ सभापति सिता काफ्ले, नविनकुमार भट्ट, नेपाल बिद्यार्थी संघका अध्यक्ष चक्रबहादुर रावत, साँस्कृतिक संघका केन्द्रिय सदस्य ऋचा लुइँटेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाह लगायतले बोलेका
थिए ।कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का कांग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिपनरसिंह
राणा, प्रदेश सभा–२ ‘क’ का राजकुमार वर्मा, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल, प्रदेश सभाका समानुपातिक उम्मेदवार माया पुन र सुशिला नेपाली, लुम्बिनी प्रदेशका निर्वतमान सांसद मोहम्मद याकुव अन्सारी, नेपाली कांग्रेस प्रदेश सभा–२ ‘ख’ का सभापति जितेन्द्र हमाल लगायतको उपस्थिती रहेको थियो ।

५ कार्तिक २०७९ मा प्रकाशित
Nabintech