पनेरियामा जारी फुटबलको खेल फाइनल आज

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारी –६ स्थित पनेरीया खेल मैदानमा जारी सामुदायीक वन उपोभोक्ता समिति स्तरिय फूटबल प्रतियोगिताको फाइनल खेल आइतबार हुँदै छ । शुक्रबारदेखि जारी प्रतियोगितामा शनिबार ४ खेल सम्पन्न भएका छन् । शनिबार सम्पन्न पहिलो खेलमा राप्तीपिडित गुलरी सामुदायीक वन उपोभोक्ता समितिले जित हासिल गरेको छ । सिद्धबाबा सामुदायीक वन उपोभोक्ता समितिको बि ग्रुपसंग भएको खेल बराबरीमा टुंगीएको थियो । पेनाल्टी पाएको गुलरिले १–० ले सिद्धबाबा बि लाई हराउदै विजयी भएको हो । यस्तै दोश्रो खेलमा राप्ती पिडित टेपरी सामुदायीक वन उपोभोक्ता समितिले जित हासील गरेको छ । राप्ती पिडित टेपरीले सदावहार सामुदायीक वन उपोभोक्ता समिति ए लाई ७–० गोल अन्तरले पराजित गरेको हो । शनिबार भएको अर्को खेलमा राप्ती पिडित गुलरी सामुदायीक वन उपोभोक्ता समिति विजयी भएको छ ।

सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समितिको ग्रुप बी लाई २–० ले हराउदै राप्ती पिडित गुलरी विजयी भएको हो । र शनिबार भएको अन्तिम खेलमा सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समिति ए विजयी भएको छ । राप्ती पिडित टेपरी सामुदायीक वन उपोभोक्ता समितिसंग भएको खेलमा १–० ले हराउदै सिद्धेश्वर ए विजयी भएको हो । आइतबार पहिलो खेल विहान ८ बजेदेखि सुरु हुने वडाध्यक्ष लवराज खरेलले बताए । उनका अनुसार पहिलो खेल सिद्धेश्वर सामुदायीक वन उपोभोक्ता समिति ए र सदावहार सामुदायीक वन उपोभोक्ता समिति ए विच हुने छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ दिपावली तथा छठ पर्वको अवसरमा वडाले सामुदायीक वन उपोभोक्ता समिति स्तरिय वडा कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताका लागि १० टिम सहभागि भएको वडाध्यक्ष खरेलले जानकारी दिए । वडामा ५ वटा सामुदायीक वन रहेको जानकारी दिदै वडाध्यक्ष खरेलले एउटा वनबाट २ वटा टिम सहभागि भएको बताए । खेल नकआउटद्धारा भइरहेको छ । प्रतियोगिताको विजेताले २५ हजार रुपैँया बराबरको खसी र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेता टिमले १५ हजार रुपैँया बराबरको खसी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडि र उत्कृष्ट किपरले नगद ५÷५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

६ कार्तिक २०७९ मा प्रकाशित
Nabintech