बाँकेमा अथकका स्वर्णीम पाँच बर्ष

पिपलबाेट संवाददाता


बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका पर्दछ । यस निर्वाचन क्षेत्रमा विभिन्न काल खण्डमा विभिन्न राजनैतिक दलका तर्फबाट प्रतिनिधधि सभामा प्रतिनिधित्व गरेका प्रतिनिधि मन्त्री समेत भएको बिगत छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा हाल करिब १ लाख २१ हजार मतदाता छन् । विभिन्न काल खण्डमा निर्वाचन क्षेत्रको सिमांकन परिर्वतन भएपनि भएको छ । हालसम्म बाँके १ बाट २०४८ मानेपाली काग्रेसबाट सैयद मैराज अहमद शाह २०५१,२०५४ सलामा गरि २ पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी र २०५६ सालमा नेपाली काग्रेसबाटज्ञानु केसी निर्वाचन भएका छन् । यस्तै २०६४ नेकपा (माओवादी)बाट तिलक परियार,२०७० नेकपा एमालेबाट देवराज भार निर्वाचित भइसकेका छन् । जनताबाट निर्वाचितहरु यस क्षेत्रको विकासका लागि थुप्रै प्रयास गरेका छन् । तरपनि खास गरि हालको नरैनापुर र राप्ती सोनारी भने सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिदैँ आएको थियो । २०७४ भन्दाअघि सम्म सो क्षेत्रमा आधारभुत सेवा सडक , बिजुली,गुणस्तरीय खानेपानी, टेलिफोन सेवबाट जस्ता आधारभूत सेवाबाट ती क्षेत्रका नागरिक बञ्चित थिए । बर्षेनी राप्ती नदिको डुवान र कटान समस्या विकराल थियो । तमाम समस्याका बीचमा जनताको विकासको आम चासो रहेको बेला २०७४ नेकपा माओवादी केन्द्रबाट महेश्वरजङ्ग गहतराज अथक निर्वाचित भए । यस क्षेत्रको सांसद हुँदै बहालवाला मन्त्रीसमेत रहेका अथक निर्वाचित भएपछि यो क्षेत्रको विकासले कोल्टे फेरेको छ ।
उनी निर्वाचित हुनुभन्दा पहिला नेपालगन्जदेखि ४५ किलो मिटरको यात्रा दुई घन्टा लगाएर गनुपर्ने अवस्था थियो । अहिले उक्त क्षेत्रमाकालोपत्रे भएसँगै ४५ मिनेटमै समयमै पुग्न
सकिन्छ । २०५४ सालमा पोल गाडेर पनि अलपत्र थिए । अहिले त्यहाँकागाउँगाउँमा विद्युत पु¥याइएको छ ।वन क्षेत्र र ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको काम संघीय सासद अथक र नमुनाको पहलमा अवरोध हटाई अहिले राप्ती सोनारी र नरैनापुरका सम्पुर्ण टोलमा बिजुली पुगेको छ । संघीयसांसद अथकको ५ बर्षेकार्यकाल उपलब्धिपुर्ण रहयो । विकास र समृद्धिको यात्रामा अगाडी बढेकाले त्यस क्षेत्रका जनता निकै खुसी भएको नरैनापुर ६ का मोलेह यादव
बताउछन । अथकको पहलमा सो क्षेत्रका बिद्यालयहरुमा भौतिक पुर्वाधार निर्माण गर्न करोडौ लगानी गरिएको छ । आधारभुत शिक्षाबाटै बञ्चित भएको नरैनापुरको जय किसान माविमा अथककै पहलमा प्राविधिक धारको शिक्षा सुरुवात भएको छ । हरेक पालिका एक प्राविधिक धार अन्र्तगत राप्ती सोनारी लक्ष्मी मावि मधुई , कोहलपुरको लक्ष्मी मावि कोहलपुर २ र जनज्ञान ज्योती मावि कोहलपुर १२ मा हाल प्राविधिक धारतर्फको कृषि पढाइ सुरु भएको
छ । उत्तर,दक्षिण जोडने लगायत थुप्रै सडक सञ्जाल निर्माण गरिएको छ । राप्ती कटान र डुवान नियन्त्रण र डुवान पीडितहरुको स्थानान्तरण गर्न अथकले खेलेको भूमिका उल्लेखनीय छ । पक्कीतटबन्धन निर्माणको काम सुरु भएसँगै धनजनको क्षति हुनबाट जोगिएको छ ।राप्ती सोनारी ७ का कामता प्रसाद बर्माले आफूले जिताएको जनतिनिधिको सक्रियतामा वर्षौदेखिको समस्या समाधान हुँदा निकै खुसी भएको बताए । ५ बर्षअघि काठका डुंगा चढेर चुनाव प्रचारमा भम्का पुगेका अथकको योजना थियो, आफ्नो कार्यकाल भित्र झोलुङे पुल निर्माण गर्ने । प्राथमिक तहभन्दा माथिको अध्ययनका लागि समेत कुसुम आउनु पर्ने उनीहरुको एक मात्र
साहारा थियो डुंगा । युवा तथा खेलकुद मन्त्रीको पहलमा राप्ती नदिको भम्का र अमुवाका २ स्थानमा झोलुङे पुल र १ स्थानमा मोटरेवल पुल निर्माण भएको छ । राप्ती सोनारीका वडा ४,५,६र ७ का लागि बैकल्पिक मार्ग र महेन्द्र राजमार्गसँग सिधा जोडनका लागि राप्ती नदिको मधुवामा पुल निर्माण गरिएको छ ।यस बाहेक अथकको ५ बर्षे कार्यकालमा उत्तर दक्षिण थुप्रै बाटाहरु निर्माणको चरणमा छन् । अथकको पाँच वर्षे कार्यकालमा सबैभन्दा बढी विकास भएको सडक पूर्वाधार नै हो ।सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बघौैडालाई हुलाकी राजमार्ग मार्फत सडक संजालसँग जोड्ने श्रेय सांसद अथकलाई जाने राप्ती सोनारी २ शिव राम खड्काले बताए । आफ्नो कार्यकालको अधिकांश समय शिक्षामा खर्च गर्नुभएका अथकले पाँच वर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रका बिद्यालयहरुको भौतिक संरचना सुधारका लागि आफ्नो कोष (स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम) समेत गरि थुप्रै विद्यालयलाई भौतिक तथा प्राविधिक रुपमा सक्षम बनाउन सफल हुनुभएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम र राष्टूपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सांसद अथकको पहलमा बाँके निर्वाचन क्षेत्र नं. १ का विभिन्न विद्यालयमा १७० वटा पक्की कक्षा कोठा निर्माण भएका छन । बाँके क्षेत्र नं १ मा टिनको छानो विस्थापन गर्ने उहाँको सपनाले सार्थकता पाउँदै छ । अथकको पहलमा आफ्नो निर्वाचन क्षेत्र भर ८ वटा विधालयमा कम्युटर ल्याब स्थापना गरिएको छ । कोहलपुर ११ को योग तथा प्रकृतिक चिकित्सालय निर्माणमा पनि अथकको ठुलो योगदान छ । सो अस्पताल कोरोना कालमा कोहलपुर क्षेत्रका लागि वरदान सावित भएको थियो । कोरोना कालमा अक्सिजनका सिलिन्डर खरिदका लागि अथकले आफ्नो पुर्वाधर क्षेत्र विकास कोषको ५० लाख बजेट विनियोजन गर्नु भएको थियो ।
नागरिकको गाँस, बास र कपासको आधारभुत आवश्यकतालाई समेत पुरा गर्ने उद्देश्यले संचालिन सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत बाँके निर्वाचन क्षेत्र नं. १ को कोहलपुर,
राप्तीसोनारी र नरैनापुरमा आ.व. २०७४÷०७५ देखि ०७९÷०८० सम्म आउँदा २ हजार ९८१ वटा घर परेकोमा १ हजार ३८१ जनाले प्राप्त गरि सकेका छन् । थप १६०० जनाले चालू आर्थिक वर्षभित्र प्राप्त गर्ने प्रक्रिया पुरा भइसकेको छ ।अथकको ५ बर्षे कार्यकालमा स्वच्छ खानेपानीका लागि उल्लेख्य कामहरु भएका छन ।
जनतालाई सर्वसुलभ स्वच्छ खानेपानी पु¥याउनुपर्छ पर्छ भन्ने हेतुले आफ्नो कार्यकालमा ३ दजर्न बढी खानेपानी आयोजनाको सुरुवात गरिएको छ । कतिपय निर्माण सम्पन्न भई सकेका छन् भने कतिपय निर्माणकै क्रममा रहेका छन । खानेपनी आयोजनाको अथकको ५ बर्षे कार्यकालले विकास र सम्भावनाको जग बसाल्ने काम गरेको राप्ती सोनारी ५ का राम सेवक चौधरीको भनाई छ । आफ्नो ५ बर्षे कार्यकालमा युवा तथा खेलकुद मन्त्रलायको खेल क्षेत्रको महत्वपुर्ण जिम्मेवारी समाल्ने अवसर पाउनु भएका यस क्षेत्रका जनप्रतिनिध अथकले खेल क्षेत्रमा महत्वपुर्ण नीतिगत तथा भौतिक पुर्वाधारको सुधार गर्नु भएको छ । कोरोनामा थलिएको खेल क्षेत्रलाई माथि उठाउन नबौराष्ट्रिय खेलकुदमा ऐतिहासिक रुपमा सफल आयोजनागर्न सफल हुन भएको छ । कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमी सञ्चालनकालागि काम अगाडी बढेको छ ।

कोहलपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एक पालिका एक खेलग्रामका लागि निर्वाचन क्षेत्रका ३ वटै पालिकामा काम अघि बढिरहेको छ । नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणकालागि ठेक्का टेण्डरको प्रक्रिया अघि बढिरहेको छ । कोहलपुरमा फुटवल एकेडेमी निर्माणको प्रक्रिया अगाडी बढेको र युवाहरुलाई स्वरोजगार बनाउन युवाहरुलाई स्वरोजगार बनाउन जिल्लामा अघिकतम् बजेट विनियोजनभएको छ । कोहलपुर ९ मा पालिका स्तरीय रंगशाला निर्माणको काम अघि बढेको छ । कोहलपुर २ मा कवर्ड हल निर्माणको प्रक्रिया अगाडी बढेको छ । देशभरका १७१ वटा पालिकामा खेलग्राम निर्माणका लागि रकम विनियोजन भएको छ । खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि २०७८ संशोधन गरी ओलल्पिक, एसियाली खेलकुद, सार्क र राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कार तथा सम्मानको नीतिगत ब्यवस्था गरी हालसम्म खेलाडी प्रोत्सहनका लागि दक्षिण एशियाली खेलकुदमा स्वर्ण तथा एशियाली खेलकुदमा पदक प्राप्त गर्ने १९३ जना खेलाडीलाई मासिक रु. ६ हजार, ओलम्पिकमा सहभागी ५६ जनालाई मासिक रु. ४ हजार र प्रथम ओलम्पियन ३ जनालाई मासिक १० हजारका दरले मासिक सम्मान भत्ता उपलब्ध गराईएको छ । यस्तै विभिन्न प्रतियोगीतामा विजयी खेलाडीलाई नगद पुरस्कारको नीतिगत व्यवस्था भएको युवा तथा खेलकुद मन्त्री समेत रहेका अथक बताउछन ।
कोहलपुर २ मा दलित साँस्कृतिक संग्राहलय भवन लगायत थुप्रै मठ मन्दिर चर्च गुम्बा र मज्जिदको निर्माण र रंगरोगन, बाढी पीडितका लागि सेल्टर भवन निर्माण लगायतका उदाहरणीय र नमुना कामहरुको सुरुवात भएको छ । संघ तथा प्रदेश सभा निर्वाचनमा बाँके १ बाट पुनः प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका अथकले कोहलपुरलाई समुन्नत र आधुनिक सहर बनाउने योजना अघि सार्नु भएको छ । राप्ती सोनारी र नरैनापुरलाई विकासको मुल धारमा ल्याउने पनि प्राथमिकता रहेको छ । । कृषि पर्यटन र रोजगारीको सृजना गरि समृद्ध बाँके निर्माण गर्न ,भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम प्रथमिकतामा राख्नु भएको छ । आगामी कार्यकाल रोजगारीको खोजीमा रहेका हजारौं युवा जनशक्ति,पढेरपनि काम गर्ने अवसर नपाएका युवालाई अवसर प्रदान गर्ने उनको भनाइ छ । गुणस्तरीय शिक्षाको खोजीमा रहेका युवायुवती सम्बोधन गर्ने गरि आफू अगाडी बढने उहाँ बताउनुहुन्छ । संसददेखि सिंहदरबारसम्म परिपक्क र सालिन नेतृत्व छवि बनाउनु भएका अथकले हाम्रा मैलिक अधिकार जसरी पनि कार्यन्वयन गरेर अगाडी बढने बताउनु हुन्छ । आगामी ५ बर्ष गठबन्धनको सरकार निर्माण हुने भन्दै उहाँले बिगतको अनुभव र नयाँ सोचले समग्र निर्वाचन क्षेत्रबासीको सपनालाई यर्थाथतामा बदलेर बाँके क्षेत्र नं १ बासीको भबिश्य कोर्न आफू सक्षम रहेको उनि
बताउछन ।

१४ कार्तिक २०७९ मा प्रकाशित
Nabintech