संविधान कार्यान्वयनका लागि गठबन्धन ः उम्मेदवार थारु

पिपलबाेट संवाददाता


बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभाका साझा उम्मेदवार फुलाराम थारुले संविधान कार्यान्वयनका लागि निर्माण भएको गठबन्धनले यस क्षेत्रको विकासको नेतृत्व लिने बताएका छन । कोहलपुर –११ र वडा नं. २ का गठबन्धन आबद्ध अगुवा कार्यक्रर्ताहरुको भेला सम्बोधन गर्दै उम्मेदवार थारुले स्थानीय सरकार पनि गठबन्धन सम्बद्ध दलको हरेकाले विकास लागि प्रदेश र संघीय सरकार पनि गठबन्धनकै हुनु पर्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुसँगको सहकार्यमा ठुला मध्यम र साना विकासका आयोजना सञ्चालनमा ल्याइने बताए ।
कार्यक्रममा प्रदेश सभाको समानुपातिक उम्मेदवार सञ्जुकुमारी थारुले गठबन्धनका उम्मेदवारहरु परिपक्क र जुझारु रहेकाले विजयी गराउन आग्रह गरिन् । संविधान निर्माणदेखि संविधानको कार्यान्वयनका लागि सहकार्य गरेका दलहरु एक भएर चुनावमा होमिएकाले निश्चित भएर भोट हाल्न आग्रह गरिन् । कोहलपुर–११ ले निर्वाचन
परिचालन ४ वटा कमाण्ड विभाजन गरिएको छ । कोहलपुर–११ को लोकनगर संयोजकमा सह–संयोजकमा विकास बुढा , टाउन प्लान र बजार क्षेत्रबाट बुद्धिराम केसी र सह–संयोजकमा युवराज भण्डारी चयन भएका छन् । यस्तै पेन्सन क्याप र फुलबारी नगरबाट प्रेमिका शाही सह–संयोजकमा नर बहादुर थारु , शान्तिनगर, ड्राईभर टोल, एकता नगर संयोजक हरि बहादुर खत्री र सह–संयोजकमा सबिता गिरी रहेको कोहलपुर–११ को निर्वाचन सह–संयोजक रेशम साफकोटाले
जानकारी दिए । निर्वाचन परिचालन समितीका संयोजक प्रताप देवकोटाको अध्यक्षतामा भएको भेलामा गठबन्धन आबद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी ,जनमोर्चा लगायतका नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभामा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट महेश्वर जंग गहतराज अथक र प्रदेश सभामा तर्फ बाँके १,ख मा फुलाराम थारु उम्मेदवार छन ।

१५ कार्तिक २०७९ मा प्रकाशित
Nabintech