डुडुवा समस्या समाधानका लागि तटबन्धन, सम्बृद्विका लागि वाम लोकतान्त्रिक गठबन्धन ः मतदाता

पिपलबाेट संवाददाता


वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारलाई कोहलपुर नगरपालिका वडा नं. १० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् । शुक्रवार विहान प्रतिनिधी सभा सदस्य पदका उमेद्वार महेश्वरजंग गहतराज अथक र प्रदेश सभा सदस्य पदका उमेद्वार पूmलाराम थारु सहित वाम लोकतान्त्रिक गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा “डुडुवा समस्या समाधानका लागि तटबन्धन मुलुकको सम्बृद्विका लागि वाम लोकतान्त्रिक गठबन्धन” अपरिहार्य रहेको भन्दै मतदाताहरु उत्साहित देखिएका छन् । विद्युतरोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरु विकास र सम्बृद्विको अभियानमालाई पूर्णता दिनसकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताएका छन् । बाम लोकतान्धिक गठबन्धनका उमेद्वारहरुले विकास र सम्बृद्विको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने प्रतिबद्वता व्यक्त गरेका छन् ।

मतदातामा देखिएको उत्साहले गठबन्धनका हामी उमेद्वारहरुले नै काम गर्ने जिम्मेवारी वहन गर्नेमा कुनै शंका नरहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य पदका उमेद्वार अथकको भनाई छ । मतदाताको घरदैलोमा पुग्दै गर्दा आत्मियता र सदासहायता प्रकट गर्ने मतदाताहरुको मनोभाव विपरित हामी कहि कतै विचलित हुने छैनौ–प्रतिनिधी सभा सदस्य पदका उमेद्वार अथकले भनाई राखेका छन् । यस्तै प्रदेश सभा सदस्य सदस्य पदका उमेद्वार पूmलाराम थारु पनि वडा नं. १० का मतदाताहरुको साथ र समर्थनले थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

हिजो मुलुकमा चर्किरहेको १० वर्षे द्वन्द्व व्यवस्थापनमा तत्कालिन नेपाली नेपाली काँग्रेस सभापति गिरिजा प्रसाद कोइराला र विद्रोही पक्ष तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निभाएको भूमिकालाई विश्व राजनीतिमा महत्वका साथ हेरिएको थियो र उहाँहरुले नेपाली राजनीतिमा नयाँ चरणको विकास र सम्बृद्विको मार्ग देखाएअनुरुप आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको प्रदेश सभा सदस्य पदका उमेद्वार थारुले बताए ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन पछि राजनीतिक विकासक्रममा नयाँ आयाम थपिनेमा मतदाता विश्वस्त देखिएकाले जनताका सबै खाले समस्या समाधानका लागी गठबन्धनको आवश्यकता रहेको दाबि गरे । घरदैलो कार्यक्रममा माओवादी केन्द्रको स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, नेपाली काँग्रेसका नेता बलराम शर्मा, कृष्ण कार्की, टेक नारायण भुषाल,निरज चलाउने लगाएतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बाँके निर्वाचन क्षेत्र नं १ को प्रतिनिधी सभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ क मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हसिया हथौडा र १ ख मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्

१८ कार्तिक २०७९ मा प्रकाशित
Nabintech