शनिबार नेपालगन्जमा ओशो ध्यान शिविर संचालन हुँर्दै

पिपलबाेट संवाददाता


ओशो समुह नेपालगन्ज परिवारले शनिबार नेपालगन्ज सिद्धार्थ कटेजमा एक दिवसीय ओशा ध्यान शिविर संचालन हुने भएको छ । शिविर बिहान ७ बज्ये देखि साझँ ८ बज्जे सम्म संचालन हुने भएको छ । शिविर मा प्रशिक्षकको रुपमा स्वामी ध्यान गगन ले गर्ने वताईएको छ ।

यस ध्यान शिविरमा आउन आम बाँके बासीलाई आग्रह समेत गरेका छन् । यस्तै स्वामी गगन र कोहलपुर ओशो ध्यान केन्द्रले कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरलाई ओशो समूहले पुस्तक हस्तान्तरण गरेको छ ।बिहिबार एक कार्यक्रम गरी कोहलपुर ओशो समूहले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईलाई १७ वटा पुस्तक हस्तान्तरण गरेको कोहलपुर ओशो ध्यान केन्द्रका सदस्य रविन्द्र रेग्मीले जानकारी गराएका थिए । पुस्तक ग्रहण गदै पुस्तकालयका अध्यक्ष भट्टराईले कोहलपुरमा रहेको सामुदायिक पुस्तकालयलाई पुस्तक सहयोग गरेकोमा धन्यवाद दिएका थिए । साथै कोहलपुर ज्ञानोदय सामुदायिक पु्स्तकालयले ओशो ध्यान केन्द्र कोहलपुर संग सहकार्य गरेर आगामी कार्यक्रमा सहभागिता रहने प्रतिद्धता समेत व्यक्ति गरेका थिए ।

१८ कार्तिक २०७९ मा प्रकाशित
Nabintech