कोहलपुर नगरपालिकाका दमकल चालक माथि पायप चोरी

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका एक जना कर्मचारीले कोहलपुर नगरपालिका परिषदमा निर्माण हुन लागेको नगर अस्पातालमा निर्माणको लागी ल्याएका जिलाई पाएपका टेकाहरु अवैध रुपमा विक्रि गरेको पाईएको
छ ।कोहलपुर नगरपालिकाको सक्सन मेनिस भित्र राख्यर निर्माण समाग्री नगर पालिका परिषद वाट बाहिर निकालेको र त्यस पश्चात अटोमा लिएर बिक्रि गर्ने क्रममा कोहलपुर नगरपालिकाका दमकल चालक डम्वर वहादुर क्षेत्री पक्राउ परेका थिए । क्षेत्री कोहलपुर नगरपालिका वडा नं. ८ का स्थाई वासिन्दा समेत रहेका छन् । चालक क्षेत्री को विषयमा कोहलपुर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत टिका ढकालले उहाँलाई केहि आरोप लागेको छ । त्यस विषयमा नगरपालिकाले तिन सदस्य छानविन समिति गठन गरेको छ समितिलाई छानविनमा सहयोग पुग्ने भएकाले कार्तिक १६ गते देखि लागु हुने गरेर निजलाई निलम्वन गरिएको ढकालले वताए । तिन सदस्य छानविन समिति गठन गरिएको र जसको संयोजकमा कर्ण वहादुर थापा सदस्यमा हरि ओली र नगर प्रहरी प्रमुख विर वहादुर थापा
रहेका छन् । कोहलपुर नगरपालिकामा रहेको चरम वेतिथिहरु क्रमिक रुपमा आउन थालेका छन् । यसरी नगरपालिकामा २४ घण्टा डिउटी गर्ने मानिस नै गलत कार्य गर्ने थाले पछि कोहलपुर नगर पालिकाको विकास कसरी हुन्छ भन्ने प्रश्न उठन थालेको
छ ।

१९ कार्तिक २०७९ मा प्रकाशित
Nabintech