बैजनाथको चिसापानीबाट सुरु गरे उम्मेदवार राठौंरले घरदैलो

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले सोमबार बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीबाट घरदैलो अभियान सुरु गरेका छन् । यसअघि क्षेत्र नम्बर ३ का विभिन्न वडामा आयोजित चुनावी कार्यक्रममा ब्यस्त भएका उनी मतदाता भेट्न घरदैलोमा पुगेका हुन् ।
केन्द्रिय स्तरका शिर्ष नेतालाई आफ्नै घरदैलोमा देख्दा चिसापानीका मतदाता दंग परेका छन् । ‘केन्द्रिय स्तरको नेता हाम्रो क्षेत्रबाट चुनाव लड्दा हामीलाई गौरव महसुस गरेका थियौं, उम्मेदवार स्वयं घरदैलोमा आएर मत माग्दा हामीलाई थप खुसी लागेको छ,’ चिसापानीका मतदाताले भने । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट घरदैलोमा पुगेका उम्मेदवार राठौरले आफु पैसा कमाउनका लागि राजनीतिमा नआएको प्रष्ट्याए । ‘मैले चाएको भए ब्यापार गरेर पैसा कमाउने थिए होला, तर मैले राजनीतिलाई नै अगाडी बढाए,’ राठौंरले भने ‘मैले देश र समाजको विकास गर्नका लागि राजनीति गरेको हुँ ।’ बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीबाट सुरु भएको घरदैलो अभियान क्रमशः अन्य वडामा पनि लैजाने नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले बताएका छन् । उनका अनुसार सोमबार बैजनाथ १ चिसापानीस्थित सल्यानी टोल, गाभरबाट घरदैलो सुरु गरिएको थियो ।

२१ कार्तिक २०७९ मा प्रकाशित
Nabintech