कोहलपुर खानेपानीले २२ करोड बढिको लागतमा नयाँ योजना सुरु गर्दै

पिपलबाेट संवाददाता


कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाले नयाँ खानेपानीको योजना सुरु गर्न लागेको छ । मंगलबार विस्तृत सर्भे डिजाइन प्रतिवेदन सम्बन्धी बहुपक्षीय छलफल कार्यक्रम गर्दै कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाले २२ करोड बढि लागतमा नयाँ खानेपानीको योजनाको सुरु गर्न लागेको जनाएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाका कोहलपुरका जनताहरुलाई स्वच्छ खानेपानीको सुविधाका लागि नयाँ योजना सुरु हुन लागेकोमा निकै खुसी भएको बताएकी थिइन् । ‘कोहलपुर नगरपालिकाका ७ वटा वडामा खानेपानीको सुविधा लिएका छन्, उनले भनिन्, ‘अब थप ४ वडामा हुनेछ ।’ नगरपालिकाले खानेपानीको लागि आवश्यक सहयोग गर्ने सुवेदीले बताइन् ।यस्तै श्रेत्रीय खानेपानी कार्यालय नेपालगन्जका प्रमुख संजिवद कुमार शाहकले आवश्यकता अनुसार मन्त्रालयबाट बजेटको व्यवस्था भइसकेकोले त्यसको काम अगाडि बढाउन अनुरोध गरेका थिए । खानेपानीको नयाँ योजना निर्माण गर्दा आवश्यक सहयोग गर्ने प्रतिबद्धता शाहले गरेका थिए ।यस्तै ईटेकको नेपाल कन्सलटेन्सीका प्रमुख इन्जिनियर हरि ढकालका अनुसार देशभरी गत वर्षमा ८ वटा खानेपानीका नयाँ योजना स्वीकृती भएको थियो तर चालू आर्थिक वर्षमा भने कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको योजना स्वीकृती भएको छ । ‘६ वटा खानेपानीका आयोजनाको डिजाइन भइसकेको छ’ उनले भने, ‘अब २ वटा डिजाइन गर्न बाँकी रहेको छ ।’ जसलाई केही दिनमा डिजाइन हुने ढकालले बताए ।यस्तै कोहलपुर बृहत् शहरी खानेपानी तथा उपभोक्त संस्थाका अध्यक्ष नर बहादुर मल्लले खानेपानीको नयाँ योजनाको लागत करिब २२
करोडभन्दा बढिको लागतमा निर्माण गर्न लागेको बताए । ‘मन्त्रालयको ७० प्रतिशत र संस्थाले २८ प्रतिशत र नगरपालिकाले २ प्रतिशत व्यहोर्ने गरी काम थालनी गर्ने लागेका छौं’ उनले भने, ‘त्यसको लागि कौशिलानगरको आर्मी व्यारेकको छेउमा १ विगाह जग्गामा खानेपानीको नयाँ योजना सुरु हुन लागेको छ ।’ नयाँ खानेपानीको योजनामा ३ बौरिङ, ४ लाख लिटरको ट्यांकी र कोहलपुर खानेपानीसम्मको पाईप लाईन विस्तार रहेको अध्यक्ष मल्लले बताए ।कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाका कोषाअध्यक्ष एकनारायण चाँपागाई लगायत खानेपानीका पदाअधिकारी र अन्य सरोकारवालाहरुको उपस्थिति
रहेको थियो ।

२३ कार्तिक २०७९ मा प्रकाशित
Nabintech