जनताका समस्या समाधान अव बाम गठवन्धनका उमेदवारले मात्र गर्न सक्छन् ः फुलाराम थारु

पिपलबाेट संवाददाता


बाँके प्रदेश सभा १(ख)का नेपाली कांग्रेससहित पाँच दलिय गठबन्धनका साझा उम्मेदवार फुलाराम थारुले बुधबार कोहलपुरमा घरदैलो गरेर मतदातासँग भोट मागेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १, ३र १०मा पुगेर मतदातालाई प्रत्यक्ष रुपमा भेट गरेका हुन् ।

मतदाताहरुका गुनासाहरु सुन्ने र समाधानका उपायहरु खोज्जे कार्यमा आफु लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

यस पटक कोहलपुर बासीले आफुलाई जिताएमा कोहलपुर विकासको मुहार फेर्न सजिलो भएको फुलाराम थारुले वताए । स्थानिय र केन्द्रिय सरकार गठबन्धनको नै वन्ने भएकाले पनि विकासको ढोका खोल्न केहि गाह्रो नहुने उनको भनाई थियो । घरदैलो कार्यक्रमका समयमा कोहलपुर वडा नं. १० रामनगर क्षेत्रका जनताले त्यहा रहेको खानेपानीको समस्या समाधान गर्नको लागी पहल गर्न थारु समक्ष समस्या सुनाएका थिए ।

यस्तै घरदैलो कार्यक्रमा प्रदेश समानुपातिक उमेदवार संन्जु कुमारी चौधरीले कोहलपुर बासीका समस्या आफुहरुले राम्रो संग बुझेको र आफुहरुलाई कार्यन्वयन गर्ने ठाउमा पठाएमा समस्या समाधान गर्न सजिलो हुने धारण व्यक्त गरेकी थिईन् । स्थानिय सरकार निर्माण गर्न कोहलपुर वासी जनताले भोट दिएकोले अव प्रदेश र संघिय सरकार निर्माणको लागी समेत भोट दिएमा मात्र समग्र देशको विकास हुने नेताहरुले धारना राख्यका थिए ।

२४ कार्तिक २०७९ मा प्रकाशित
Nabintech