आफुले जिते जनताको हितमा काम गर्ने फुलाराम थारु

पिपलबाेट संवाददाता


बाँके क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु लगाएत गठबन्धनका नेता तथा कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि मैदानमा खटिएको छान् प्रदेश निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्मा बताए । गठबन्धका चुनाबि कार्यक्रमहरु उत्साह जनक रुपमा भई रहेको शर्मा बताएका छन ।
प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुले आफुले जिते जनताले चाहेअनुसार सक्दो काम जनताको हितमा गर्ने थारुले बताएका छन् घरदैलो अभियान कोहलपुर नगरपालिका वडा नं. ४ मा निरन्तर सक्रियताका साथ बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले चुनाबि प्रचारमा डटेर लागिरहेको आफुले आँकलन गरिएको मत ल्याउन सकिने शर्माले वताए ।


त्यस्तै कोहलपुर नगरपालिका वडा नं.१४ र ६ मा एकै दिन घरदैलो अभियान गरिएको वडा सभापतिले जानकारी दिएका छन् । आगामी मंसिर ४ को प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने हाम्रोलाई नभई राम्रोलाई भोट दिने भन्दै मतदाताहरुले आर्शिवाद समेत उमेदवार फुलाराम थारुलाई दिएका छन् ।घरदैलो अभियानमा समानुपातिक तर्फ उम्मेदवार सन्जु कुमारी थारु, वडा, नगर र क्षेत्र स्तरका सम्पुर्ण नेता तथा कार्यक्रर्ता चुनाबि प्रचार अभियामनमा होमिएका छन् बाँके क्षेत्रमा गठबन्धको एकलौटी प्रचार प्रसारमा अभियान चलिरहेको छ ।

२६ कार्तिक २०७९ मा प्रकाशित
Nabintech