कांग्रेसद्वारा बाँके-२ का २७ वटै वडामा एकसाथ क्रियाशील सदस्यहरुको भेला

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ अन्तर्गतका २७ वटै वडामा क्रियाशील सदस्यहरुको भेला सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन विशेष रणनीति तय गर्न भेला गरिएको हो ।

जिल्ला प्रचारप्रसार समितिले २७ वटै वडामा प्रतिनिधि खटाएर एकसाथ वडा भेला गर्न निर्देशन दिएको हो । पार्टीका तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार भएका प्रतिनिधिसभाका सुदिप नरसिंह राणा, प्रदेश २(१) का राजकुमार बर्मा र २(२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाललाई अत्याधिक मतले विजयी बनाउँदै समानुपातिकतर्फ पनि पार्टीलाई अत्याधिक मत दिलाउन पार्टी पंक्तिलाई टोल टोलमा क्रियाशील भएर परिचालन गर्न भेला आयोजना गरिएको जिल्ला प्रचारप्रसार समितिका संयोजक एवम् पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले बताए ।

No description available.

अधिकारी नेतृत्वको टोलीले आज भेला भइरहँदा विभिन्न वडाहरुमा अनुगमन समेत गरेको छ । अधिकारी निवर्तमान सभापति किरण कोइराला र प्र्रचारप्रसार समितिका सचिव एवम् जिल्ला सदस्य उमा थापा मगरका साथमा अनुगमनमा निस्किएका थिए । अधिकारीले मंसिर ४ गते पार्टीका पक्षमा अत्याधिक मत प्रकट हुने वातावरण बनाउन रणनीति स्वरुप आज गरिएका वडा भेलाहरु फलदायी हुने विश्वास व्यक्त गरे ।

No description available.

अनुगमनका क्रममा उनले पार्टी पंक्तिलाई निर्देशन दिँदै कांग्रेस सबैभन्दा मजबुत अवस्थामा रहेकाले उच्च मनोबलका साथ जीतको मानसिकता बोकर मैदान उत्रिन आह्वान गरे । निवर्तमान सभापति एवम् संघ तर्फकी समानुपातिक उम्मेदवार समेत रहेकी कोइरालाले सबै क्रियाशील सदस्यहरुले आआफ्नो टोलमा परिचालन भएर अघि बढे कांग्रेसको जीत कसैले रोक्न नसक्ने बताइन् । अधिकारी नेतृत्वको टोलीले वडा नम्बर १, ४, ५, ८, ९, १० र १५ मा अनुगमन गरेको थियो ।

No description available.No description available.No description available.

२६ कार्तिक २०७९ मा प्रकाशित
Nabintech