पत्रकार महिला सशक्तीकरण तथा समिक्षा कार्यशाला नेपालगन्जमा सम्पन्न

पिपलबाेट संवाददाता


पत्रकार महिला सशक्तीकरण तथा समिक्षा कार्यशाला नेपालगन्जमा गरिएको छ । अमेरिकी दुतावास तथा सञ्चारीका समुह नेपालको आयोजनामा सो कार्यक्रम गरिएको छ ।

कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले पत्रकार महिला मात्र नभई सबै महिलाको सम्मानका निमित्त नगरले आफ्नै खाले निति तथा कार्यक्रम निर्माण गरेको बताए । खासगरी पत्रकार महिलाहरु यस क्षेत्रमा टिक्न नसक्ने कुरा उल्लेख गर्दै नगर प्रमुख विष्टले यस सवालमा राज्यका ३ वटै सरकारका संरचनाहरुले चासो र चिन्ता लिनुपर्ने बेला भएको दावि गरे ।

नगर प्रमुख विष्टले आउदो दिनमा स्थानिय सरकारले सो सम्बन्धमा अपनत्व लिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यशालामा सहभागी वक्ताहरुले पत्रकार महिलाहरुको यस क्षेत्रमा दिगो उपस्थिती र उचित पारिश्रमिकको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिएका थिए । मेन्टोर हरिकला अधिकारी, अमेरिकी दुतावासका सूचना अधिकृत तथा प्रवक्ता आन्ना ई. रिची एल्लेन, अमेरिकी दुतावासकै प्रेरण मरासिनी लगायत बाँकेका पत्रकारहरुले पत्रकार महिलाको क्षमता अभिवृद्धि र दिगो सहभागिताका बारेमा विचार राखेका थिए ।

सञ्चारिका समुह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजको सभाध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रसान्त विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीलाई सञ्चारीका समुह नेपालका महासचिव बसन्ती वस्तोलाले स्वागत गरेकी थिईन् ।

२८ कार्तिक २०७९ मा प्रकाशित
Nabintech