रामनगर शिव मन्दिरमा सप्ताह ज्ञान महायज्ञ आईतबारवाट हुदै

पिपलबाेट संवाददाता


श्री रामनगर शिव मन्दिरको सर्वाङ्गीण विकासार्थ आयोजित सप्ताह ज्ञान महायक्ष हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. १०मा रहेको रामनगर शिव मन्दिरमा आजवाट श्री रामनगर शिव मन्दिर धर्मिक सप्ताह ज्ञान महायज्ञ २०७९ मंसिर १८ गते देखि २४ गते सम्म संचालन हुने लागेको हो । महायज्ञमा महाराज अन्तराष्ट्रिय कथा वाचक श्री नरेश नेपाल
महाराजको मुखर बिन्दुवाट श्रीमद्भागवन चर्चा कथा प्रवचन हुने भएको छ । साथै राष्ट्रिय कवि श्री हिरालाल कडेलद्धारा बाल संस्कार तथा योग विज्ञान शिविर संचालन हुने आयोजक समितिले वताएको छ । महायक्षमा भक्तजनहरु र दानदाताहरुले विभिन्न किसिमको दान गर्न सक्ने गरि व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । एक दिन ब्राहमण भोजन सहयोग गर्ने ५१०५\–, एक दिन प्रसाद वितरण गर्ने २१०५\–, एक दिन आरती गर्नैको लागी ११०५\– , विशेष रुद्री शक्ति पाठको लागी ५१०५\–,विवाह कोलागी ५१०५\–र ब्रतबन्ध कोलागी ३१०५ \– सहयोग गर्ने सकिने गरेर दान तालिका निर्माण गरिएको छ । दैनिक विहान ५वजे देखि ७ बजे सम्म योग विज्ञान शिविर हुने कार्यक्रम रहेको छ । साथै १००८ शालिकग्राम पुजन तथा परिक्रमा र विहान ६ वजे देखि श्री मद्भागवत पुजन दैनिक रुद्रि पाठ पारायण हुने छ । विहान ११ वजे देखि ४ बजेसम्म प्रवचन तथा विभिन्न भाषा भाषीका भजन किर्तन तथा जाँकी श्रीमतभागवतको दार्शनिक प्रवचन ,वालवालिकाका लागि साँझ ६वजे देखि ७ बजे सम्म वाल संस्कार र साँझ ७बजे देखि १० बजे सम्म वृहत भगवत चर्चा भजन राष्ट्रिय गित र दिव्य झाँकीहरु हुने आयोजक समितिले वताएको छ । आज विहान १० बजे शोभा कलस यात्रा हुने भएको छ । महायज्ञमा १०० सम्म दान दिनेहरुले दान पेटिकामा दान गर्नु पर्ने , ५००देखि १००० सम्म दान गर्नेहरुलाई रसिद प्रदान गरिने , ५०००देखि १०००० सम्म दान गर्ने दानदाताहरुलाई फ्रेमयूक्त सम्मान पत्र तथा रामनमी प्रदान गरिने , र शिला लेखमा एक जनाको नाम समेत लेखिने छ ,२५००० सम्मका लागि २ जनाको नाम शिला लेखमा लेखिने र सम्मान र रामनमी , ५१०००दिने दातालाइ २ जनाको नाम शिला लेखमा लेखिने र सम्मान र रामनमी र उप –सभानायक घोषण गर्ने , १ लाख माथिका दातालाई सभानायक घोषणा गरि नगर परिक्रमा गराईने छ । यस्तै १० लाख दान दिने दान दाताको लागी शालिक वनाउन जमिन उपलव्ध गराईने छ भने शालिक आफै स्वयमले वनाउनु पर्ने छ । र १० लाख भन्दा माथिका दातालाई समितिको निर्णय अनुसार उचित सम्मान प्रदान गरिने आयोजकले जानकारी गराएका छन् ।

१७ मंसिर २०७९ मा प्रकाशित
Nabintech