नवौं विश्व माटो दिवस कोहलपुरमा मनाईयो

पिपलबाेट संवाददाता


“स्वस्थ माटोको साथ खाद्य उल्पादनको शुरुवात ”भन्ने नाराका साथ नवौं विश्व माटो दिवस कार्यक्रम कोहलपुरमा मनाईएको छ । माटो तथा परिक्षण प्रयोगशाला खजुराको आयोजना तथा कोहलपुर नगरपालिका कृषी शाखाको समन्वयमा कोहलपुर नगरपालिकाको सभाहलमा माटो परिक्षण शिविर संचालन गरिएको छ । विश्वमा माटो दिवस थाइल्यान्डका राजा भूमिबोलअदल्याडेजले विश्व माटो दिवसको अवधारणाको शुरुवात तथा पहल गरेकाले आजको दिनलाई उनको जन्मदिनको रुपमा विश्वभरी मनाईने गरेको पाईन्छ । विश्वमा माटोको
उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले यस विषयमा सवै चिन्तीत हुन पर्ने अवस्था आएको कार्यक्रममा सहभागिताहरु भनाई रहेको थियो । हाल नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो तथा परिक्षण प्रयोगशाला खजुराका प्रमुख कमल शाहीले वताएका छन् । उनले भने हाल देशका ५५ वटा जिल्लामा ३२ वर्षअधि माटोको सर्भे भएको थियो हाल नेपालका ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास
प्राङ्गारिक पदार्थ घटेको र माटोमा अम्लीय वा क्षारीय वन्दै गएको देखिन्छ । यस्तै अवस्था रही रहेमा भने नेपालमा ८०–९०वर्ष भित्रमा जमिन खेतीयोग्य नरहने बैज्ञानिकहरुको भनाई रहेको शाहीले वताए । यसको समाधानको लागी किसानहरुले जैविक मलको प्रयोग वढाउनु को साथै रासायनिक मलको प्रगोग कम गदै जानु पर्ने अवस्था रहेको उनले वताए । नेपालमा अहिले हरियो मलको प्रयोग गर्न अति आवश्यक रहेको उनले सुझाव दिएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले किसानहरुले रासायनिक मलको प्रयोग भन्दा जैविक मलको प्रयोग गरेर उल्पादन वढाउनु पर्ने वताईन् । साथै कोहलपुर नगरपालिकाले कोहलपुरका किसानहरुको खेत बारिको माटो परिक्षण गर्नका लागी आफुहरु सहयोग गर्न तयार


रहेको वताईन् साथै माटो तथा परिक्षण प्रयोगशाला खजुरालाई कोहलपुर नगरपालिकालाई प्राविधिक सहयोग गरिदिन अनुरोध समेत गरेकी थिईन् । कार्यक्रमा कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक सामिद अहमद , कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टीकाराम ढकाल , बाली
संरक्षक दिपेश कुमार मिश्र लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र वहादुर बुढाले गरेका थिए ।

१९ मंसिर २०७९ मा प्रकाशित
Nabintech