निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

पिपलबाेट संवाददाता


बाँकेमा आज निवृत्त राष्ट्रसेवक समाज गठन भएको छ । निवृत्त निजामति कर्मचारी, शिक्षक, प्रहरी र सेनाको एक भेलाले नेपाल सरकारका निवृत्त उपसचिव श्री जीतबहादुर शाहको अध्यक्षतामा निवृत्त राष्ट्रसेवक समाज जिल्ला कार्यसमिति बाँके गठन गरेको हो । समाजका केन्द्रीय अध्यक्ष खेमनाथ अधिकारी, सह अध्यक्ष द्वय विष्णु प्रसाद वश्याल र थपराज कट्टेल, उपाध्यक्ष टेकबहादुर थापा र केन्द्रीय सदस्य द्वय खेमराज मरासिनी र भोलानाथ बजगाईको समुपस्थितिमा नौ सदस्यीय कार्यसमिति गठन गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो । समाजको उपाध्यक्षमा ललिता उपाध्याय, सचिवमा शारदा प्रसाद कोइराला, कोषाध्यक्षमा शिबराज तिमिल्सिना, सहसचिवमा नारायण प्रसाद शर्मा भट्ट रहनु भएको छ । यस्तै सदस्यहरुमा बाबुराम आँकुरा, होमनाथ गिरी, श्यामबिहारी गुप्ता, बिष्णु सुवेदी चयन हुनु भएको छ । भेलाले केन्द्रीय प्रतिनिधिको रुपमा राकेश श्रीवास्तव, बलराम यादव र गोकर्ण प्रसाद आचार्यलाई मनोनयन गरेको छ भने प्रदेश प्रतिनिधिको रुपमा किरण आचार्य, जनकराम भण्डारी र शालिकराम आचार्यलार्य मनोनयन गरेको छ । निवृत्त राष्ट्रसेवक समाज, नेपालको विधान २०६६ अनुसार गठित विशुद्ध गैरराजनीतिक यस समितिले सेवानिवृत्त राष्ट्रसेवकहरुको हकहित संरक्षणका साथै समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास, भेदभाव, शोषण, दमन, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्धमा लोककल्याणकारी कार्य गर्ने गरी स्थापना भएको अध्यक्ष शाहले बताउनुभयो ।

१९ मंसिर २०७९ मा प्रकाशित
Nabintech