राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र कोहलपुर नगर पालिका विच सम्झौता

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका र राष्ट्रपति चुरे–तराइ मधेस संरक्षण बिकास समिती, कार्यक्रम कार्यान्वयन इकाइ लम्की, कैलाली विच बृक्षारोपणका लागी सम्झौता गरेका छन् । उक्त सम्झौता अनुसार कोहलपुर नेपालगन्ज सडक खण्डको साझा चोक देखि हाईस्कुल सम्मको सडक डिभाइडरमा यस आर्थिक बर्षमा रेलिङ्ग सहित बृक्षारोपन गरि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

जसमा रास्ट्रपति चुरे–तराइ मधेस संरक्षण बिकास समितीले तीस लाख रुपैया कोहलपुर नगरपालिकालाइ आर्थिक सहयोग उपलब्ध गराउने र बाकी रकम कोहलपुर नगरपालिकाले ब्यहोर्ने सहमती गरिएको छ । यस कार्यका लागि रास्ट्रपति चुरे– तराइ मधेस संरक्षण बिकास समितीका कार्यकारी सदस्य भेषराज आचार्य र कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्नको लागी विभिन्न किसिमका कार्यक्रमहरु गरेर अगाडि वढ्ने मेयर आचार्यले वताए ।

२० मंसिर २०७९ मा प्रकाशित
Nabintech