राप्ती सोनारी गाउँपालिका वडा न. ८ ओभरीमा बुधबारदेखी ३ दिने कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु हुने भएको छ ।मेलाको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दिप प्रज्वलन गरि मेलाको उदघाट्न गरेका थिए कार्यक्रममा बोल्दै अध्यक्ष पौडेल कालीमाटी मेलाको एतिहासिक महत्त्व रहेको वताउदै कालीमाटी मन्दिर त्यस क्षेत्रको विकासका लागी गाउँ पालिकाले सक्दो सहयोग गर्ने बताएका छ्न । साथै उनले स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्त्व बोकेका संरचनाहरुको संरक्षण र सम्वर्धन गर्न सकेमा मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिने वताएका छ्न ।
उदघाट्न सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष शालिकराम डाँगीले कालीमाटी मेलाले सल्यान रुकुम लगाएका जिल्लाहरुबाट बसाइँसराइ गरि आएका मानिसहरूलाई धार्मिक आस्थाका रुपले सबैलाई एकसुत्रमा बाँध्ने काम गरेको बताउदै कालीमाटी मन्दिर , भुवरभवानी,लगायतका धार्मिक स्थलहरु राप्तीसोनारीको पहिचान भएको बताए । मेलाको उदघाट्नसत्रमा बाँके राष्ट्रिय निकुञ्जका हात्ती सहितको र्याली पन्चैबाजा,सोरठीनाच , विद्यार्थीहरुको मार्चपास झाँकि प्रस्तुत गरिएको थियोे ।
हरेक वर्ष मसिर पुर्णिमामा लाग्दै आएको सो मेला यस वर्ष मंसिर २१ देखि २३ गते सम्म संचालन हुने भएको छ । मेलाको उदघाटनसत्रमा स्वागत मन्तव्य राख्दै मेला मुल आयोजक समितिका संयोजक हर्क बहादुर विष्टले कालामाटी मन्दिर धार्मिक आस्थाका रुपमा एक महत्त्वपूर्ण स्थल रहेको बताउदै यसलाई बाँके राष्ट्रिय निकुञ्जको पर्यटकीय क्षेत्रको रूपमा लैजानुपर्ने बताए ।
मेलामा लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम,कृष्ण रेउले लगायतका कलाकार तथा स्थानीय कलाकारहरु प्रस्तुति रहने आयोजकले जनाएको छ । नाच, प्रदर्शनी देखि खेलकुद प्रतियोगिता समेत रहने छ । मेलामा लोक नृत्य र राप्ती सोनारी गाउँपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगीता, व्याडमिन्टन,कुर्सी दौड, भाले समात्ने लगायतका आधा दर्जन खेलको समेत आयोजना गरिएको छ ।
खेल संयोजक कृष्ण सुनारले नृत्यको दर्ता शुल्क ५ सय ५, भलिबलको २ हजार ५, ब्याडमिन्टनको १ हजार १ सय ५ रुपैयाँ राखिएको जानकारी दिए । भलिबलमा प्रथम हुनेलाई १५ हजार रकम र प्रमाण पत्र, दृतियको ८ हजार र प्रमाण पत्र, नृत्यमा प्रथम हुनेलाई ५ हजार र प्रमाणपत्र,दृतियलाई ३ हजार र प्रमाण पत्र, व्याडमिन्टनमा प्रथम हुनेलाई १० हजार र प्रमाण पत्र, द्धितिय हुनेलाई ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । मेलाको उदघाटन सत्रमा विभिन्न संघ सस्थाका प्रतिनिधि ,सामुदायिक वनका प्रतिनिधि ,शिक्षक ,विद्यार्थी सुरक्षाकर्मी,सर्वसाधारण लगायतको सहभागीता रहेको थियोे ।