गाडिको ठक्करवाट कोहलपुरमा महिलाको मृत्यू

पिपलबाेट संवाददाता


कोहलपुरमा शनिबार वेलुका गाडिको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ निवासी उसा गुरुङको कोहलपुर नगरपालिका वडा नं. ११ कैशिल्या अस्पताल नजिकै नेपालगन्जबाट कोहलपुर तर्फ आउदै गरेको बा. १ ञ २४ ३८ नंम्वरको पिकप भ्यानले ठक्कर दिएको थियो । ठक्कर पश्चात अन्दाजी ४३ वर्षिया गुरुङको घटना स्थलमा नै मृत्यू भएको थियो । त्यस पश्चाल उक्त गाडि पक्राउ गर्नु पर्ने माग गदै स्थानियहरुले केहि समय सडक समेत वन्द गराएका थिए । ठक्कर दिने गाडि नभेटाए सम्म आफुहरुले वाटो बन्द गर्ने भन्दै सडकमा स्थानियहरुले टायर समेत वालेका थिए । कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन वहादुर मल्लले केहि समय दिएमा पुलिसले गाडि समातेर ल्याउने भन्दै आफ्न्तलाई आस्वासन दिएको केहि समयमा प्रहरीले उक्त गाडि समात्न सफल भएको थियो । उक्त गाडि नेपाल विद्युत प्राधिकरण कोहलपुरको रहेको प्रहरीले जनाएको छ । सोतका अनुसार नेपाल विद्युत प्राधिकरण कोहलपुरका कर्मचारी गाभर मा पिक्निक भएको थिए । त्यस पश्चाल हाकिमलाई नेपालगन्ज छाडेर आउने समयमा उक्त गाडिले महिलालाई ठक्कर दिएको थियो । गाडि चालकले मदिरा सेवन गरेर गाडि चलाएको स्थानियहरुको आरोप लगाएका छन् ।

२ पुष २०७९ मा प्रकाशित
Nabintech