नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ । संघको आठौं महाधिवेशनबाट नगर प्रमुख आचार्य केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । आचार्य स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित हुनु भएको हो ।स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन हुनु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको आठौं महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिनु भएको हो ।

६ पुष २०७९ मा प्रकाशित
Nabintech