कोहलपुरमा वडाध्यक्षको कार्यकक्ष तोडफोड, तिन जना पक्राउ

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको कार्यकक्षमा तोडफोड भएको छ । बिहिबार दिउसो करिब साढे १२ बजेको समयमा कार्यकक्षमा तोडफोड भएको वडा अध्यक्ष कठायतले बताएका छन् ।

बिहान आफुलाई ज्यान मार्ने धम्की आएको बताउँदै वडाध्यक्ष कठायतले दिउँसो अज्ञात समुहले आफ्नो कार्यकक्ष तोडफोड गरेको बताए । घटना कसले र किन गराएको भन्ने जानकारी नभएपनि शंकाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ गरीरहेको वडाध्यक्ष कठायतले जानकारी दिए ।

घटनाको अनुसन्धान गरीरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अनुसन्धानकै क्रममा तिन जनालाई पक्राउ गरीएको प्रहरीले पुष्टि गरेको छ ।

७ पुष २०७९ मा प्रकाशित
Nabintech