दिगो कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा स्थित दिगो कृषि सहकारी संस्थाको १२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको कोहलपुर नगरपालिका प्रवक्ता तथा वडा न १४ का वडाध्यक्ष नम बहादुर आलेले उद्घाटन गरेका थिए । सहकारीको उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि आलेले सहकारीलाइ अगाडी बढाउन मुख्य भुमिका शेयर सदस्यहरुको हुने बताए । साथै उनले सहकारीले शेयर सदस्यहरुको जीवनस्तर फेरिने खालका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए । त्यस्तै उनले सहकारीको विकासका निम्ति स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै जिल्ला कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाहले सहकारीले कृषि क्षेत्रमा निकै कामहरु गरेको बताउदै आफुले गरेका कामहरुलाइ बाहिर ल्याउनु पर्नेमा जोड दिइन । उनले सहकारी संस्थालाइ दिगो बनाउन अझै सशक्त रुपमा लाग्नुपर्ने समेत बताइन । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका संचालक समिति सदस्य मोहम्मद अल्फाद खाँले सहकारीको नाम जस्तै सहकारी पनि दिगो बनाइ राख्नुपर्ने बताए ।

कार्यक्रममा सहकारीका कार्यवहाक अध्यक्ष धुव्रराज अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था विभिन्न गतिविधी निति तथा कार्यक्रमहरु बारे जानकारी गराएका थिए । संस्थाका व्यवस्थापक यदु प्रसाद शर्माले आर्थिक वर्ष २०७८÷०७९ को ११ करोड ३४ लाख २९ हजार ९ सय ३८ रुपैयाको आय व्यय प्रस्तुत गरेका थिए ।

साधारणसभामा उत्कृष्ट ऋणी नन्दराम थारु, भविसरा सुनार उत्कृष्ट बचतकर्ता अजोध्या प्रसाद थारु, र मुना रानालाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । सहकारीका कार्यवहाक अध्यक्ष धुव्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रमा विभिन्न संघसस्थाका प्रतिनिधिहरु,शेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।

८ पुष २०७९ मा प्रकाशित
Nabintech