“स्वस्थ जीवन ,समृद्ध समाज” भन्ने नाराका साथ स्थापना गरिएको ओम प्रकाश स्मृतिमा संचालित सद्भाव फाउन्डेशन कोहलपुर बाँकेले स्व. ओम प्रकाश बर्नवालको ६२औं जन्मोत्सवको अवसरमा विशेष क्षमताका विद्यार्थीहरुका लागी न्यानो कपडा र खाद्यन्न वितरण गरिएको छ । त्रिभुवन नमुना माध्यामिक विद्यालय कोहलपुरका दृष्टी विहिन छात्र ,छात्रालाई जाडोको समयमा सहयोग गरेको हो । सहयोग वितरण कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १०की वडा अध्यक्ष गौरा कुमारी भट्टराईले यस्ता फाउन्डेशनहरुवाट समाजमा गर्ने सहयोगले समाज विकासमा ठुलो हुने वताईन् । कोहलपुर नगरपालिकाका पूर्व वडा सदस्य स्व. ओम प्रकाश वर्णवालले समाजमा पु¥याएको योगदानलाई नगरपालिकाले उच्च मुल्याङकन गरिएको वताईन् । यस्तै कार्यक्रमा त्रिभुवन नमुना माध्यामिक विद्यालयका प्रधान अध्यापक देविका बस्नेतले कोहलपुरमा ओम प्रकाश वर्णवालले आफ्नो विद्यालयलाई समेत ठुलो सहयोग गरेको वताईन् । ओम प्रकाश वर्णवाल जस्ता व्यक्ति समाजमा विरलै जन्महुने वताईन् । कार्यक्रममा फाउन्डेशनका अध्यक्षको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।