रेडक्रस कोहलपुरको सभापतिमा दिनेश सिग्देल

पिपलबाेट संवाददाता


नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाको आगामी कार्यकालको लागी विभिन्न पदमा शनिवार उमेदवारी परेको छ ।
सभापतिमा दिनेश सिग्देल ,महिला उपसभापति पद उर्मिला सुवेदी पौडेल ,सचिव पदमा संजय कुमार पन्त र जयश्वर पौडेल , कोषाध्यक्ष पदमा बासुदेव उपाध्याय र बालकुमारी सापकोटा, उपसचिव पदमा बद्रि नाथ सोपकोटा , उप कोषाध्यक्ष पदमा गोपी लाल शर्मा , महिला सदस्य पदमा सत्य देवि ढकाल , खुल्ला सदस्यहरुमा रुद्रमणि न्यौपाने , संगम खनाल , टेकेन्द्र महतरा, छत्र प्रसाद रेग्मी , लोक बहादुर सिंह र हेम कुमार रावतको उमेदवारी परेको छ । सभापति ,महिला उप सभापति , उप सचिव र उप कोषाध्यक्ष र महिला सदस्यमा भने निविरोध भएको निर्वाचन समितिले जनाएको छ ।
उमेदवारी फिता लिने समय भने आईतबार दिँउसो १ बजे सम्मको लागी सारिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन पौष २३ गते विहान ११ वज्जे देखि दिँउसो २ वज्जे सम्म हुने निर्वाचन समितिले वताएको छ । सभापतिमा दिनेश सिग्देलको एकल उमेदवारी परेकाले सभातिमा सिग्देल निर्वाचित भएका छन् । निर्वाचित कार्य समितिको २०७९ साल माघ १ देखी २०८१ साल पौष मसान्त दुई वर्षको कार्यकाल रहने छ ।

१६ पुष २०७९ मा प्रकाशित
Nabintech