ज्ञानोदय पुस्तकालयद्धारा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा र प्रदेश सभाका माननियहरुलाई सम्मान

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले बिहिबार बाँके क्षेत्र नं. १ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई स्वागत ,बधाई तथा सम्मान गरेको छ ।
बाँके क्षेत्र नं. १बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सूर्य ढकाल , प्रदेश सभा सदस्यमा निर्वाचित दुर्गा चौधरी ,कृष्ण केसी(नमुना) र समानुपालिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित सञ्जु कुमारी चौधरी र बसन्ती अधिकारीलाई मायाको चिनो र खादा लगाएर संस्थाका अध्यक्ष चेतकान्त भट्टराईले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले बाँके क्षेत्र नं. १ बाट निर्वाचित सवै माननियहरुले मिलेर यस क्षेत्रको विकासमा लाग्ने वताए ।

 

साथै आफुहरुलाई जनताले यस क्षेत्रको विकास गर्नकोलागी भोट दिएकोले विकास गर्न आफुहरुले दत्तचित भएर लाग्ने वताए । साथै कोहलपुरको ज्ञान को भण्डारको रुपमा रहेको यस सामुदायिक पुस्तकालयलाई सवै मिलेर नमुना पुस्तकालयको रुपमा विकास गर्न आफुहरु तयार भएको ढकालले वताए । यस्तै कार्यक्रमा बोल्दै बाँके क्षेत्र नं. १ क प्रदेश सभा सदस्य कृष्ण के.सी. नमुनाले कोहलपुरमा रहेको यस पुस्तकालयले बाँके क्षेत्र नं. १मा रहेका ३ वटै स्थानिय निकायहरुमा आफुनो सेवा प्रवाह गर्न सुझाव दिएकी थिईन् । साथै यस पुस्तकालय सुदुर पश्चिम ,कर्णली र लुम्विनी प्रदेशको केन्द्रमा रहेकोले यसको विकास गर्न अति नै आवश्यकर भएको वताईन् ।

यस्तै कार्यक्रमा बोल्दै प्रदेश सभा सदस्य सन्जु कुमारी चौधरीले आफु स्थानिय निकायमा भएको समयमा पनि केहि सहयोग गरेको र अव पनि पुस्तकालयको विकास गर्नको लागी सवै जना मिलेर सहयोग गर्ने वताईन् । यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य बसन्ती अधिकारीले कोहलपुरमा रहेका सवै संघ संस्थाहरुको विकास गर्ने हामि सवैको दायित्व भएको
वताईन् ।उनले स्थानिय सरकार ,प्रदेश सरकार र केन्द्रिय सरकारको समन्वयमा मात्र विकास सम्भव रहेको वताईन् । कोहलपुरले पाँच जना सभासद पाएको यो क्षणमा कोहलपुरको विकासमा ठुलो भुकिका आफुहरुको रहेको अधिकारीले वताईन् । यस्तै कार्यक्रमा पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर प्रसाद पौडेलले ज्ञानोदय पुस्तकालय सवैको साझा पुस्तकालय भएकोले सवै क्षेत्रको सहयोग बाट विकास गर्नु पर्ने वताए ।

साथै उनले भने पुस्तकालयका आजिवन सदस्यहरु नै माननिय भएको समयमा यसको विकास हुने कुरामा आफुहरु आसा वादि भएको वताउ । यस्तै कार्यक्रमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारी , नेकपा एमालेका बाँके क्षेत्र नं. १का संयोजक बलराम भट्टराई , नगर संयोजक खिल प्रसाद भुषाल , नेपाली काँग्रेसका नगर सभापति बिरेन्द्र कुमार शाह , कोहलपुर उद्योग बाणिज्य संघका महासचिव मात्रिका सापकोटा , नेपाल घरेलु कोहलपुरका अध्यक्ष हेम बिक्रम जी.सी , महासचिव सि.एम उपाध्याय , नेपाल भारत मैत्रि संघ कोहलपुरका अध्यक्ष चण्डी प्रसाद गैरे लगाएतका संघ संस्थामा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सवै माननिय हरु पुस्तकालयका आविजन सदस्य समेत रहेका छन् । कार्यक्रमको समापन गदै संस्थाका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले आफुना आजिवन सदस्यहरु माननिय भएको यस उपलक्ष्मा यसरी स्वागत तथा वधाई दिन पाएकोमा पुस्तकालय परिवार अत्यन्त खुसी भएको वताए । अध्यक्ष भट्टराईले सवै जनाको सहयोग वाट मात्र कोहलपुरको विकास गर्ने सकिने वताए ।

यस्तै पुस्तकालयले आफुनो भवनको पूर्व तिर रहेको खाली जमिनमा अत्याधुनिक भवन निर्माणका लागी सहयोग गर्न सवै जनालाई आग्रह समेत गरेका थिए । यस्तै उनले भने ‘ ज्ञानोदय पुस्तकालयले राप्ति सोनारी र ननैनापुरमा आफुना सेटलाईट पुस्तकालय निर्माणको लागी पहल गर्ने वताए ।’ यस्तै उनले पुस्तकालयलाई इ–लाईवेरीको रुपमा विकास गर्न सहयोग गर्न माननिय ज्यूहरुलाई पहल गरिदिनहुन आग्रह समेत गरेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव एकराज शर्माले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मणि प्रसाद गैरेले गरेको थिए ।

२१ पुष २०७९ मा प्रकाशित
Nabintech