हुलास खाद्य उद्योगद्धारा ४ सय जनालाई निःशुल्क न्यानो कपडा र खाद्यन्न वितरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका १४ मा रहेको हुलास खाद्य उद्योगले उद्योगकी संस्थापक माला गोल्छाको १९ औं पुण्यतिथिमा ४ सय जनालाई न्यानो कपडा वितरण गरेको छ । बिहिबार एक औपचारीक कार्यक्रम गरी उद्योगले कोहलपुर निलसागर ,नेपालगन्ज, निल सागर, मानव सेवा केन्द्र नेपालगन्ज र, समाज सेवा संस्था नेपाल कोहलपुरलाई कम्वल वितरण गरेको थियो ।

साथैले उद्योगले कोहलपुर र जानकी गाँउ पालिकाका केहि मजदुरलाई समेत कम्मव वितरण गरेको उद्योगका म्यानेजर नवसेर चक्रवर्तीले जानकारी गराएका छन् ।

समाजमा रहेका विपन्न, असहाय तथा आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरुलाइ हरेक वर्ष जनवरी ५ तारिखका दिन माला गोल्छाको सम्झनामा उद्योगले राहत वितरण गर्दै आएको वताए । यस उद्योगले स मजमा रहेका विपन्न परिवारहरुलाई विभिन्न समयमा सहयोग गदै आएको छ ।

उद्योगले समजमा रहेका विपन् परिवार, मजदुरहरुलाई यो चिसोको समयमा सहयोग गर्न पाएकोमा धेरै खुसी लागेको चक्रवर्तीले वताए । यस्तै केहि समाजमा रहेका केहि राजनीतिक दलका कार्यकक्ताले उद्योगले आफ्ना कार्यकक्तालाई सहयोग नगरेको भन्दै हाोहल्ला समेत गरेका थिए । विपन्न परिवारलाई गरेको सहयोग आफु अनुकुलका लाई नदिएका र आफुहरुले पाउनु पर्छ भन्दै केहि स्थानियहरु उद्योगको गेटमा गएर नारा वाजी समेत गरेका थिए । उद्योग ले नियमित तिन वर्ष देखि यस्तो खालको सहयोग गदै आएको छ ।

यस्तै सहयोग प्राप्त गर्ने जानकी गाँउ पालिकाकी ६८ वर्षिया श्याम कली गडरियाले यो चिसोको समयमा स्थानिय सरकारले दिन नसकेको सहयोग गर्ने उद्योगलाई धेरै धेरै धन्यवाद समेत दिईन् । यस्तै कोहलपुर नगर पालिका वडा नं. १५का एक स्थानियले भने यो चिसो को समयमा न्यानो कपडा प्राप्त गर्दा आफुलाई भगवना आएको आभाष भएका वताए । यस्तै कोहलपुर निलसागरकी प्रमुख अन्जु न्यौपानेले गोल्छा उद्योगले आफु्हरुलाई प्रदान गरेको न्यानो कपडाले आफुहरुले आफ्नो आश्रममा रहेका टुहुरा , सडकमा बसोवास गर्ने व्यक्तिहरुलाई ठुलो सहयोग हुने वातईन्।

 

२१ पुष २०७९ मा प्रकाशित
Nabintech