कोहलपुरमा जारी बुम रेमिट जिल्ला स्तरीय अन्तर स्कुल छात्र क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा श्री चन्द्र मेवालाल स्कुल विजयी भएको छ ।
सोमबार सम्पन्न खेलमा चन्द्र मेवावालले तक्षशिला एकेडेमी लाई २ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङमा आएको तक्षशिलाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनायो । जसका लागि सौजान आर।सि ले ३१ र सामन्त शाहीले ३० रन बनाए ।
मेवालालका विकास कुँवरले २ विकेट लिए। त्यस्तै, इम्रान अन्सारी र सकिब शेखले समान १-१ विकेट लिए। जवाफी ब्याटिङमा मेवालालले १६।४ औं ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो। जसमा फिरोज अन्सारीले ४८ तथा सम्सुद्धिन अन्सारीले २४ रन जोडे। बलिङ तर्फ तक्षशिलाका सामन्त शाहि र लक्ष्मण सिंहले समान ३-३ विकेट हात पारे ।
यहि अघि आइतबार भएको पहिलो सेमिफाइनलमा बागेश्वरी एकेडेमीले त्रिभुवन माविलाई हराउदै फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेल बागेश्वरी एकेडेमी र चन्द्र मेवालाल स्कुल बिच मंगलबार हुने आयोजक मध्य पश्चिम क्रिकेट क्लबले जनाएको छ ।