बसोवास सहकारीको साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


“मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी” भन्ने मुल नाराका साथ बसोवास महिला बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नेपालमा महिलाहरुले नेतृत्व गरेका विभिन्न सहकारीहरु अरु भन्दा सफल भएको वताए । देशको आर्थिक संवृद्धिमा सहकारीहरुको भुमिका सवै भन्दा ठुलो रहेको वताए । उनले कोहलपुरमा रहेको बसोवास महिला वचत तथा ऋण सहकारी संस्थाले आर्थिक अवस्था कमजोर रहेका अव्यवस्थीत , भुमिहिन र सुकम्वासी महिलाहरुलाई सहकारीको माध्यम वाट सहयोग गदै आएको वताए । कार्यक्रमा जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष मिना सिग्देले सहकारी भनेको गरिव जनाताहरुको लागी सहयोग गर्ने एक महत्व पूर्ण माध्यम बन्दै गएको वताईन् । अहिले मुलुकमा बैंकहरुले ऋण लगानि गर्न नसकेको समयमा सहकारीहरुले आफ्ना सदस्यहरुलाई केहि मात्रामा ऋण लगानी गरिरहेको वताईन् । यसले गर्दा सहकारी जहिले पनि समाजमा सहयोगी भुमिका निवाह गर्न माध्यम बनेका छन् । तर केहि अपवादका रुपमा रहेका सहकारीहरुले केहि गलत गरेका कारण समजमा सहकारीलाई पछिल्लो समयमा
नकारात्मक रुपमा हेर्न थालेका छन् तर सहकारीहरुले गरेका राम्रा कामहरुलाई सवै मिलेर समाजमा प्रचारको रुपमा अगाडि वढाउनु पर्ने अहिलेको आवस्यकता रहेको वताईन् । कार्यक्रमा कोहलपुर नगरपालिका वडा नं. ११का वडा अध्यक्ष कल्पना शर्माले सहकारीहरु समाजमा आर्थिक हिसावले सहयोग गदै आएको वताईन् ।


सहकारीहरुलाई स्थानिय सरकारले सहकारीले गरेका कामको आधारमा स्थानिय सरकारले बर्गिकरण गर्नु पर्ने वताईन् ।कार्यक्रमा जिल्ला वचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकास ज्ञवाली , राष्ट्रिय सहकारी बंैकका केन्द्रय संचालक समितिका सदस्य विजया धिताल , नेपाल बसोवास बस्ति संरक्षण समाज केन्द्रिय उपाध्यक्ष धनकुमारी आले , सचिव रेशम गिरि ,लुमन्ती आवासका लागी सहयोग समुह कोहलपुरका प्रमुख सूर्य कुमार खड्का र राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कोहलपुरका प्रमुख निता थापा लगाएतले आफ्नो धारणा राख्यका थिए । संस्थाले जेष्ठ नागरिक सदस्य ,उत्कृष्ट वचतकर्ता ,उत्कृष्ट ऋणी सदस्य , उत्कृष्ट महिला वचत सहमुहमा क्रियाशिल महिला वचत समुह र शितल छाँया महिला वचत समुह लाई सम्मान गरेको थियो । यस्तै उत्कृट समुह संयोजक हरुमा नन्द कला खत्री ,परिता कुमारी योगी , उत्कृष्ट वाल वचतमा आर्जित कोईराला ,अनु साकी र कविराज थारु लाई सम्मान गरेको थियो । यस्तै एकल महिलामा तिन जनालाई सम्मान गरेको थियो । संस्थाको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक ओम जंग शाहीले पेस गरेका थिए ।
शाहिले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार १करोड ३७ लाख ५१ हजार २ सय ६९ रुपैया ८३ पैसा एक वर्षमा कारोवार गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८÷७९मा शेयर पुँजि १करोड ४७ लाख ५३हजार २सय पु¥याएको को छ । भने संस्थाले वचत ५ करोड २२लाख २९ हजार ३सय ६९ रुपैया १२ पैसा संकलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भने संस्थाले सदस्यहरुलाई ८ करोड ८४लाख २८ हजार ७सय १ रुपैया कर्जा लगानी गरेको देखिन्छ ।


सहकारी संस्थाकी अध्यक्ष गिता वली क्षेत्रीले आगामि आर्थिक वर्षमा संस्थाले गर्ने योजना तथा कार्य क्रम समेत सभामा पेश गरेकी थिईन् । कार्यक्रम संचालन संस्थाकी सचिव केश कुमारी भण्डारीले गरेकी थिईन् भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष आसा घर्तिमगरले गरेकी थिईन् ।

२३ पुष २०७९ मा प्रकाशित
Nabintech