नेपाल रेडक्रस सोसाइटी कोहलपुरले १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशन सम्पन्न गर्यो

पिपलबाेट संवाददाता


नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशनलाई सम्बोधन गर्दै   प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगर सरकारले २४ जिल्लाका सुत्केरी महिला, शिशु मातृको जीवन रक्षा गर्न, रगतको अभावमा छ्ट्पटिएका व्यक्तिहरु लगायत अशक्त विरामिका लागि नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखामा रक्त सञ्चार सेवा निर्माण गर्नका लागि २२ लाख बजेट छुट्याएको कार्यक्रममा जानकारी गराए ।

आचार्यले कोहलपुरमा रहेका सबै सामाजिक संघसंस्थाले मानवीय सेवामा काम गर्नका लागि नगर सरकारसँग आए हातेमालो गर्ने तयार रहेको समेत उल्लेख गरे । उनले स्थानीय सरकारले मात्र काम गरेर नहुने तर स्थानीय सरकारलाई संघसंस्थाको साथ सहयोग हुनुपर्ने कुरामा जोड दिए । स्थानीय सरकारले आम कोहलपुर बासीले अनुभुती हुने गरि काम गर्ने कुरामा जोड दिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले नगर सरकारले जनताको पक्षमा लागेर काम गर्ने कुराम प्रतिवद्दता व्यक्त गरिन । आगामी दिनमा रेडक्रस लाई अझै थप सहयोग गर्ने कुरामा ढुक्क हुन आग्रह गरिन ।

कार्यक्रम बोल्दै सभापति दिनेश सिग्देलले देखिने गरि मानवीय सेवामा लाग्न र उत्कृष्ट शाखाको साख बचाउने मात्र नभइ सुखी, सन्तुष्टि र दिगो विकास गर्ने कुराको प्रतिवद्द्ता व्यक्त गरेका छन।कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् निवर्तमान सभापति नारायणी प्रसाद गौडेलले आफू ९ वर्ष सम्म सभापति भएको र १८ वर्ष सम्म झोलाबाट सुरु गरेको संस्था आज कोहलपुरको मानवीय सेवाको स्थापित संस्था भएको स्मरण गरे । उनले नेपालको उत्कृष्ट शाखा बनाउने कार्यमा आफू र आफ्नो टिम लागेर आजको अवस्थामा आएको कुरा व्यक्त गरे ।

कार्यसमितिमा आउन चाहने साथीहरू लाई मानवीय सेवामा लागि रहे फेरि २ वर्ष पछि पालो आउने भएकाले धैर्य गर्न सिक्नुपर्ने वताए । सम्मान पैसाले किनेर आउने होइन जसले समाजमा देखिने गरि उत्कृष्ट काम गर्छ समाजको लागि अहोरात्र लाग्छ ती व्यक्ति तथा संस्था मात्र सम्मानित हुने कुरा वताए । उनले सम्मान सानो होइन सबै सम्मानित हुन नसक्ने कुराको जिकिर गरे ।

सम्मानित हुने र नयाँ कार्यसमिति सबैभन्दा बधाई दिए । आफ्नो कार्यकालमा सहयोग गर्ने प्रती धन्यवाद समेत व्यक्त गरे ।  उपशाखाको १८ औं उपशाखा सभा तथा ५ औं अधिवेशनमा विभिन्न व्यक्ती तथा संस्था लाई सम्मान समेत गरिएको थियो ।

२३ पुष २०७९ मा प्रकाशित
Nabintech