ब्रिज इन्टरनेशनल स्कुलको दोस्रो संस्थापक खेलकुद दिवस मंगलबार देखि शुरु

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको ब्रिज इन्टरनेशनल स्कुलले दोस्रो संस्थापक खेलकुद दिवस  मंगलबार देखि शुरु गरेको छ । दिवसको उद्घाटन गदै विद्यालयका संचालक समितिका अध्यक्ष शिव कुमार पौडेल उद्घाटन गरेका छन् ।

कार्यक्रम उद्घाटन गदै पौडेलले भने ‘ विद्यालयमा विद्यार्थी भाई बहिनिहरुलाई खेलकुदमा विकास गर्ने उद्देश्यका साथ विद्यालयले प्रत्येक वर्ष खेलकुद दिवसको आयोजना गर्ने गरेको वताए । विद्यालयले विद्यालयमा  रहेका विद्यार्थी , शिक्षक ,शिक्षिका र संस्थापकलाई विभिन्न चार हाउस मा विभाजन गरेर खेल खेलाउने गरेको विद्यालयका शिक्षक शमिर घर्तिले

जानकारी गराएका थिए । मंगलबार विभिन्न हाउस विच फुटबल प्रतियोगिता भएको थियो । विद्यालयले पौष ३० गते सम्म विभिन्न खेलकुद गर्ने र ३० गते नै समापन गर्ने कार्यक्रम रहेको घर्तिले  जानकारी दिएका छन् ।

पौष ३० गते समापन सहितका विभिन्न कार्यक्रम रहेका छन् । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण ,मार्चपास प्रर्दशन , विज्ञान प्रर्दशनी , नृत्य प्रदर्शनी  ,फुट फेस्टिबल र अभिभावकहरु विच मैत्रीपूर्ण खेलकुद समेत राखिएको घर्तीले वताए ।

२६ पुष २०७९ मा प्रकाशित
Nabintech