कोहलपुर नगरपालिकाको १२ औं नगर सभा शुरु

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको १२ औं नगरसभा शुक्रबारदेखि सुरु भएको छ । नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नु पूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका थिए । कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव नगरसभाका सभाध्यक्ष एवम नगर प्रमुख आचार्यले प्रस्तुत गरेका थिए । नगर प्रमुखले पेश गरेका प्रस्तावहरुको बारेमा आगामी माघ १३ गते बस्ने नगरसभाको अर्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको बिषयमा आधादर्जन बढी नगरसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सदस्यहरु कोहलपुर नगरपालिका वडा नं.३ वडा अध्यक्ष माधव रिजालले कोहलपुर नगर पालिकाले अहिले सम्म नगरपालिकाले आफ्नो ठोस कार्यदिशा थाहा नपाउदा आफुहरु कहिले सम्म अन्योलमा बस्ने भन्ने कुरामा जोड दिएका थिए । उनले कोहलपुर नगरपालिकाले टेण्डर गरेर एक द्धार माध्यमबाट वितरण गर्ने भनिएको ग्रावल कता छ आफुहरुले त्यो देख्न नपाएको वारेमा ध्यानाकर्षण पारेका थिए । उनले कोहलपुर नगर सरकारको अनुदानमा वितरण गरिएका शिक्षक दरवन्दी पार्टि कार्यकत्ता भर्ति केन्द्रको रुपमा वितरण गरिएको कार्य रोक्नु पर्ने , कोहलपुर नगर प्रहरी नगर प्रमुख र उप प्रमुखको लागी मात्र भएको प्रहरी समग्र नगर पालिकाको कहिले वाट हुने भनेर प्रश्न गरेका थिए । उनले कोहलपुर चौराह देखि दक्षिणमा मात्र झिलिमिलि देखिने र चौराह देखि पश्चिाम ,पूर्व र उत्तर तर्फ कहिले देखि वक्ति वल्ने हो भनेर समेत आवज उठाएका थिए । यस्तै सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आ–आफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँहरुले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने सभामा सुझाव आएको थियो ।डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सभासदहरुको जोड थियो । त्यसक्रममा नगर सभासदहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिए ।ठेक्का लिने तर सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याएको आर्चायले बताए । त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताइन ।नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको उनले बताएकी थिईन ।

२९ पुष २०७९ मा प्रकाशित
Nabintech