यतीको विमान दुर्घटना : यसरी गरिँदै छ उद्दार

पिपलबाेट संवाददाता


यती एयरलाइन्सको विमान दुर्घटनाको उद्दार जारी रहेको छ । आइतबार बिहान १०ः३२ मा पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान सेती खोचमा दुर्घटनागस्त भएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवारका थिए । विमानमा सवारमध्ये ४१ जनाको शव निकालिएको उद्दारमा खटिएका एक सुरक्षाकर्मी जानकारी दिएका छन् । उनका अनुसार २९ जनालाई अस्पताल पु¥याइएको छ भने १२ जनालाई खोँचबाट निकाल्ने प्रयास भइरहेको छ ।

उनीहरूलाई डोरीबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । २९ जनालाई भने अस्पताल पु¥याइएको छ । हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको आशंका गरिएको छ । अहिले सुरक्षाकर्मी र स्थानीयलगायत उद्दार कार्यमा जुटेका छन् । तस्बिर सौजन्य : नरेश गिरि

 

 

१ माघ २०७९ मा प्रकाशित
Nabintech