यती एयरको पोखरामा भएको दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ ।
पोखरास्थित गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जना मृतक नेपालीको सनाखत भएको हो ।
सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् ।
यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पतालले जानकारी दिएको छ ।
दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ ।
आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु थिए ।
१ माघ २०७९ मा प्रकाशित