मेवाला पालको घर भारत बलराम जिल्लामा पर्छ। उनी हरेक वर्ष त्यहाँबाट माघेसंक्रान्तीमा नुहान रिहार आउने गर्छन्। खेतीपातीको काम गर्ने उनी पशुचौपाया र धनबृद्धिको कामना गर्न यहाँ आउन थालेका हुन्।

सदिऔँदेखी यसैगरी भारतीय तिर्थयात्री दाङको रिहार बागारबाबा धार्मिक क्षेत्रमा आउने गरेका छन्। यसपाली भक्तजनको संख्या उल्लेख्य मात्रामा बढेको धार्मिक क्षेत्रका सचिव नन्दलाल ओली(नवीन)ले जानकारी दिए।‘हामीले तीन लाख भक्तजन आउने आँकलन गरेका छौँ।
अघिल्ला दुई वर्ष कोभिडका कारण प्रभावित रिहारको मेला यसपाली जुरुक्क उठेको छ।’उनले भने,‘यस धार्मिक क्षेत्रमा ठूलो धर्मशाला चाहिएको छ। भक्तजन यो चिासो मौसममा रातभर खुला आकाशमुनी बस्न बाध्य हुनुभयो। अर्काे वर्ष धर्मसालामा बास बसाउने योजना छ।’
लमही नगरपालिका- ९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लागेको छ। बिहानदेखि तप्त कुण्डमा स्नान गर्ने र मन्दिरमा पुजा अर्चनाको काम सुरु भएको छ। प्रत्येक वर्ष माघको १ गते मेला लाग्दै आएकामा यसवर्ष पनि निरन्तरता दिइएको छ। लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आएका छन्। यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दछ। विशेषगरी मामा भाञ्जी मन्दिर, तप्त कुण्ड, घ्यू पोखिएको स्थानलाई पवित्र स्थान मानि पूजा गर्ने चलन रहि आएको छ।
यस्तै, घोराही उपमहानगरपालिका-१३ को बाह्रकुने दहमा मेला लागेको छ। बराहक्षेत्र संरक्षण सम्वर्धन धार्मिक समितिले मेलाको आयोजना गरेको हो।