त्रिभुनव नमूना विद्यालयको अभिभावक भेला तथा भवन उद्घाटन सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयको अभिभावक भेला तथा भवन समुदघाटन सम्पन्न भएको छ । नेपाल सरकारको नमूना विद्यालय अनुदान रकमबाट नवनिर्मित चमेना गृह र विद्यालय भवन कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले समुद्घाटन गरेका छन् । नेपाल
सरकारले चमेना गृह निर्माणको लागी ४७ लाख र बाह्र कोठाको विद्यालय भवन निर्माणको लागी करिव २करोड उपलव्ध गराएको थियो । अभिभावक भेलालाई सम्बोधन गदै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बाँके जिल्लाको नमुना विद्यालयको रुपमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको अभिभावक भेलामा उपस्थिती भएका अभिभावकहरुको संख्या न्यून भएकोमा किन यस्तो भएको भनेर प्रश्न गरेका थिए । उनले भने करिव ३२०० विद्यार्थी भएको विद्यालयको भेलामा १०० जना अभिभावक उपस्थितीहुन अत्यन्त दुःखको कुरा भएको वताए । विद्यालयमा बढि राजनीति भएका कारण विद्यालयको शैक्षिक गुणस्तर समेत खस्केको आचार्यले आफुले अनुभव महसुस गरेको वताए । किन भने यस विद्यालयवाट ‘ए पलस’ल्याउने एक जना मात्र विद्याथीहरु भनेको विद्यालयको शैक्षिक अवस्थालाई आकलन गर्न सकिने आचार्यले वताए । कोहलपुरमा रहेको नमूना विद्यालयबाट अन्य बिद्यालयहरुले विद्यालयको शैक्षिक गतिविधि सिक्नु पर्ने मा त्यस्तो वातावरण विद्यालयले वनाउन नसकेको देखिन्छ यसको पछाडिको दोष स्थानिय राजनीतिक दल ले लिनुपर्ने मेयर आचार्यले वताए । यस्तै कार्यक्रमा बोल्ने सवै अभिभावकहरुले विद्यालयमा अभिभावकहरुले नेतृत्व छनौट गर्ने र राजनीतिक पार्टिले छनौट गर्न नहुने धारण राख्यका थिए । नमुना विद्यालयमा अभिभावकको न्यून उपस्थिीतिमा स्थानिय राजनीतिक दलहरुले हस्तक्षप कारी भुमिका निर्माण गरेर विद्यालय ब्यवस्थापन समिति निर्माण गर्ने प्रयास गरेका थिए । कार्यक्रमा नगर उप प्रमुख संगिता सुवेदी , सामाजिक विकास समिति संयोजक इश्वरी वि.क, वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र शाह वडा नं. १०का वडा अध्यक्ष गौरा कुमारी भट्टराई ,वडा नं. ८का वडा अध्यक्ष लाल वहादुर राना र विभिन्न  राजनीतिक दलका नेताहरु को उपस्तीथि रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर वहादुर विष्ठको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

१४ माघ २०७९ मा प्रकाशित
Nabintech