कोहलपुर कपडा व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

पिपलबाेट संवाददाता


कोहलपुर कपडा व्यवसायी संघ को छैठौ साधारण सभा तथा चौथो अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सिवेदीले कोभिट महामारी पश्चात नेपालका सवै व्यवसायीहरु निरास वन्दै गएकाले कोहलपुरका व्यवसायीहरु पनि यस समस्या वाट अमुख हुन नसकेको वताईन् । तर यस समस्या बाट निराश भएका व्यवसायीहरुको आर्थिक अवस्था सुधार गर्ने कार्यमा कोहलपुर स्थानिय सरकार लाग्ने सुवेदीले आश्वासन दिईन् । उनले स्थानिय सरकार र व्यवसायी संगै हातेमालो गरेर अगाडि वढ्नु पर्ने अहिलेको आवश्यकता रहेको वताईन् । यस्तै कार्यक्रमका विशिष्ठ अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले अहिले व्यवसायीहरु वैंक वाट अत्याधिक पिडामा रहेकोले यसवाट निकास निकाल्न सवै क्षेत्र आन्दोलनमा लाग्नु पर्ने आवश्यकता आएको वताए । उनले भने कोहलपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुलाई केहि मात्रामा भएपनि व्यवसायीहरुलाई आर्थिक लाभ हुने उद्देश्यकका साथ बाणिज्य संघले व्यापार महोत्सव गर्न लागेको वताए । अधिवेशनबाट नयाँ कार्यसमिति सदस्य समेत गठन भएको छ । जसको अध्यक्षमा राज कुमार पौडेल ,बरिष्ठ उपाध्यक्ष
राजिव शर्मा उपाध्यक्षमा पुरुषोत्तम सापकोटा , महासचिव गोपाल प्रसाद अधिकारी,कोषाध्यक्षमा मोतिलाल काफ्ले , सचिवमा सीता योगी र सदस्यहरुमा सुभाष ढकाल,कृष्ण गौली,झुप बहादुर भण्डारी,वर्षा परियार,टिकाराम ढकाल,रहेका छन् । जसको सल्लाहकारमा ढुडिराज पौडेल रहेका छन् ।

१५ माघ २०७९ मा प्रकाशित
Nabintech