कोहलपुर नगरपालिका ८ मा अवस्थित शिखा एकेडेमी स्कूलको पहिलो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । फाल्गुन ७ गते अभिभावक दिवस मनाएको हो । उक्त समारोहका कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
नगर प्रमुख आचार्यले शिखा एकेडेमी कोहलपुर क्षेत्रमै उत्कृष्ट शैक्षिक सस्ंथाको रुपमा विकास हुदै आएको वताए ।नेपालगन्ज र कोहलपुर दुवै क्षेत्र वाट आफ्नो सेवा प्रवाह गर्दै आएको हुँदा यस विद्यालयले बाँके जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रवाह गर्ने कुरामा आफु आसा वादी रहेको वताए । उनले भने स्थानिय सरकार अहिले कोहलपुरलाई शैक्षिक हव वनाउने उद्देश्य प्राप्त गर्ने सवै संस्थागत विद्यालयहरुको ठुलो भुमिका हुर्ने वताए । आचार्यले भने कोहलपुरमा संचालनमा रहेका संस्थागत विद्यालयहरुले धेरै शुल्क नलिएर सेवा प्रवाह गर्ने आग्रह गरेका थिए । कोहलपुर क्षेत्रमा सामुदायिक तथा संस्थागत विद्यालयहरुले बाँके जिल्लावाट अध्ययन गर्ने जिल्ला बाहिर जाने विद्यार्थीहरुलाई रोक्नु ठुलो चुनौति रहेको वताए । कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल वहादुर रानाले शिका एकेडेमीका संचालनक समितिले कोहलपुर वडा नं. ८ मा विद्यालय खोलेर वडा वासीहरुलाई ठुलो गुण लगाएको वताए । रानाले भने विद्यार्थीहरुको ए पलस ए ल्याउने भन्दा व्यावहारिक शिक्षामा र प्रयोगात्मक शिक्षामा ध्यान दिनु पर्ने वताए । यस्तै कोहलपुर नगरपालिका वडा नं. १२का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बाँके जिल्लाका सफल उद्योगपति ,शिक्षा विद,र व्यापारीहरुको लगानी संचालनमा आएको यस विद्यालयले छोटो समयमा अभिभावकको मन जित्न सफल भएको वताए ।विद्यालय यस क्षेत्रको उत्कृष्ट विद्यालय वनाउन संचालकलाई सुझाव समेत दिएका थिए ।
विद्यालयले पहिलो वार्षिकोत्सव तथा अभिभावक दिवस अवसर पारेर सुईमिङ पुलको समेत उद्घाटन सकेत गरेको थियो । विद्यालय हाता भित्र निर्माण भएको उत्त सुईमिङ पुल करिव १ करोडको लागतमा निर्माण सम्पन्न भएको विद्यालय प्रिन्सिपल टंक के.सी.ले जानकारी दिएका थिए । कार्यक्रमा प्यावसन बाँके जिल्ला अध्यक्ष यम वहादुर रावत , एन प्यावसनका जिल्ला अध्यक्ष श्याम कुवर , नेपाल रेडक्रस सोसाईटी उप शाखा कोहलपुरका अध्यक्ष दिनेश सिग्देल ,
बागेश्वरी वहुमुखी क्याम्पस प्रमुख दान वहादुर हमाल ,क्रिसा कोहलपुर अध्यक्ष वेगम चन्द , ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई , तक्षशिला कोहलपुरका अध्यक्ष विष्णु प्रसाद वेलवासे लगाएतको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरिएको थियो ।सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको
थियो । उक्त कार्यक्रममा अभिभावम, विद्यार्थी तथा शिक्षकहरु उपस्थित थिए । विद्यालयका निर्देशक डा.
राजकुमार सुवेदिले विद्यालयका बारेमा विस्तृत रुपमा अभिभावकहरु विच विद्यालयको वारेमा र भावि योजनाको वारेमा जानकारी समेत गराएका थिए ।