सरला सुबेदी बाँके
कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको दिव्य विद्या सदन स्कुलको१७ औ वार्षिक उत्सव एवम् अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौडेलको अध्यक्षतामा र कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा र नगर उपप्रमुख संगीता सुबेदीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपालमा कोभिड १९ भित्रीएर विभिन्न क्षेत्रसङ्गै शैक्षिक क्षेत्रलाई समेत धरासयी पारेको हुँदा बिगत तीन बर्षदेखी केही कार्यक्रम नगरिएको हुदा तीन बर्षदेखिका विभिन्न शैक्षिक गतिविधिका पुरस्कार समेत बितरण गरिएको बिद्यालयका प्रीन्सिपल नारायण पङ्गेनीनिले बताउनु भएको छ ।
उहाँले कोभिडको १९ का कारण शैक्षिक क्षेत्र धरासयी बन्दै गएको हुदा बिगत तीन बर्षदेखी पुरस्कार वितरण गर्न नसक्दा आफुलाइ नि कताकता नरमाइलो लागेको हुदा सम्पुर्ण अभिभावक ज्यु र बिद्यार्थि भाईबहिनिहरुसङ्ग माफी माग्दै सफल हुने व्यक्ती भन्दा असफल हुने व्यक्ती नराम्रो नहुने भन्दै पुरस्कृत हुने र नहुने सबै विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै आगामी दिनहरुमा कमजोर विद्यार्थीहरुको लागि विशेष कक्षा संचालन गरिने बताउनु भएको छ।
उहाँले बिद्यालयको शैक्षिक अवस्था मात्र नभएर अन्य अवस्थामा न सुधार ल्याउने बताउदै बिद्यालयमा बिद्यार्थि भाईबहिनिहरुलाई जन्क फुड प्रतिबन्धित गरि हाइजेनिक क्यान्टिन संचालन गर्ने जन्क फुड लाई निरुत्साहित गर्ने अभियान सन्चालन गरिने हुँदा यसको लागि सबैको साथ सहयोगको अपेक्षा गर्दै उहाँले विद्यालयबाट भएका कमिकमजोरिलाई सुधार गर्दौ आगामी बर्षहरुमा यस क्षेत्रकै उत्कृष्ट बिद्यालय अनि बिद्यार्थि बनाउन आफू दिनरात लागिपर्ने प्रतिबद्धता समेत गर्नुभएको छ। यस्तै कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथी कोहलपुर नगरपालिका पुर्ण प्रसाद आचार्यले दिव्य बिद्या सदनले पछिल्लो समय शैक्षिक गतिविधिमा मात्र नभैइ विभिन्न अतिरिक्त क्रियाकलापमा समेत फड्को मारेको हुँदा यस दिव्य बिद्या सदनले पछिल्लो समय शैक्षिक गतिविधिमा मात्र नभैइ विभिन्न अतिरिक्त क्रियाकलापमा समेत फड्को मारेको हुँदा यस बिद्यालयको उतरोत्तर प्रगतिको कामना गर्दै शुभकामना समेत व्यक्त गर्नु भएको छ।
उहाँले बिद्यालय परिवारले विद्यार्थी र अभिभावक दुबैको मनोबिज्ञान बुझ्दै विद्यार्थीहरु माझ किताबी ज्ञान मात्र नभएर अतिरिक्त ज्ञानको पनि अवसर प्रदान गरेको मा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थि भाईबहीनिहरुको भविष्यको मार्ग दर्शनलाई प्रष्ट पार्दै उनिहरुलाई सहि बाटो देखाउन विद्यालय परिवार शिक्षक शिक्षिकाहरु कहि कतै नचुक्नेमा आफू बिश्वस्त भएको बताउनु भएको छ। उहाँले कोहलपुरलाई शैक्षिक हव बनाउन कोहलपुरका मात्र भाइबहिनी पढेर नहुने अन्य पालिका र जिल्लाका विद्यार्थी आए मात्र शैक्षिक हवको सपना पूरा हुने र त्यसको लागि आफु कोहलपुरका सरोकारवाला निकाय शिक्षाविद् , बौद्धिक व्यक्तिहरुसङ्ग बिचार बिमर्श गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत गर्नुभएको छ । यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि कोहलपुर नगरपालिकाकि उप प्रमुख संगीता सुबेदीले बिद्यालयको १७औ बार्षिक उत्सव एवम् अभिभावक दिवसको अवसरमा शुभकामना दिदै अभिभावकहरुले आफ्नो बालबालिका कस्तो सङ्गत अनि कस्तो संगत गरिरहेका छ्न त्यसको निगरानी अभिभावकले नियमित रुपमा अनुगमन गर्नु पर्ने जस्ले गर्दा बिद्यालय अनि अभिभावक बिचको सम्बन्ध सुमधुर रहने बताउनु भएको छ। उहाँले विद्यालयको भरमा मात्र आफ्ना छोराछोरीलाई छोडिदिने हुँदा पछिल्लो समय धेरै छोराछोरी कुलतमा फस्ने गरेको हुँदा अभिभावकहरुलाई विशेष निगरानी गरिदिनुहुन आग्रह समेत गर्नुभएको छ।
यस्तै कार्यक्रममा बोल्दै प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बिद्यालयको उतरोत्तर प्रगतिको कामना गर्दै आफ्ना छोराछोरीहरुलाई बिद्यालयमा पढ्न पठाएर मात्र अभिभावकहरुको दायित्व पूरा नहुने हुँदा उनिहरुलाई घुम्ने खाने रमाउने वातावरणको सिर्जना अभिभावकहरुले नै गरिदिनुपर्ने बताउनु भएको छ यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका उप -प्राध्यापक एकराज शर्माले आफ्ना बालबालिकाहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न मा अभिभावकहरुको हात रहने हुँदा आफ्ना बालबालिकाहरुको सर्वाङिण बिकासको लागि शिक्षकहरुको भन्दा बढी हात अभिभावकको हुने हुँदा अभिभावकहरुलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले बिद्यार्थिहरुलाई आफ्नो व्यवहार परिवर्तन गर्नको लागि नैतिक र सस्कृत शिक्षाको आवस्यकता रहेको हुँदा अब बन्ने नयाँ पाठ्यक्रम अनि स्थानिय पाठ्यक्रममा नैतिक शिक्षा र सस्कृत शिक्षालाई पनि विशेष जोड दिन स्थानिय सरकारलाई आग्रह समेत गर्नुभएको छ। यस्तै कोहलपुरलाई शैक्षिक हव बनाउने कुरालाई कोहलपुर नगरपालिकाले आवस्यकतामा राख्दै कोहलपुरका विद्यार्थी नेपालगन्ज लगायत अन्य जिल्लामा पढ्न पठाउने होइन अब नेपालगन्ज लगायत अन्य पालिका र जिल्लाका लालई यता पढ्न आउने बनाउन सके मात्र कोहलपुरलाई शैक्षिक हव बनाउने सपना पूरा हुने बताउनु भएको छ। यस्तै कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बिद्यालयका जन्मदाता नारायण प्रसाद गौडेलले बिद्यालयलाई यो अवस्थासम्म ल्याउन दिनरात नभनी खटिने शिक्षक शिक्षिकालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै निरन्तर मेहनतको अपेक्षा समेत गर्नु भएको छ । उहाँले बिद्यालयले घोकन्ते शिक्षालाई मात्र नभएर व्यवहारिक शिक्षामा समेत जोड दिदै आएको र आगामी दिनहरुमा बालबालिकाको बौद्धिक, शारीरिक,सामाजिक,आर्थिक भौतिक र नैतिक जस्ता सर्वाङिण बिकासको लागि दत्तचित्त भएर बिद्यालय परिवारलाई लाग्ने र आफुले यो बिधालयको समग्र बिकासमा योगदान दिदै आएको र आगामी दिनमा पनि दिने बताउनु भएको छ ।
उहाँले शुक्रबारे अतिरिक्त क्रियाकलाप खेलकुद शैक्षिक भ्रमण जस्ता कार्यक्रममा बिद्यार्थिहरुको क्षमता अनुसार सबैलाई समान अवसर दिएर अगाडी बढ्न विद्यार्थीहरुलाई प्रेरित गर्ने कुरामा आफू सधै सकारात्मक रहेको बताउनु भएको छ। यस्तै कार्यक्रममा तीन बर्षदेखी रोकिएका पुरस्कार सहित २०७८ का उत्कृष्ट विद्यार्थी लोकेन्द्र आचार्यलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक अनुप शाहीले राख्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक गणेश शर्माले गर्नुभएको हो। कार्यक्रममा यसै बिद्यालयकि पुर्व विद्यार्थी कसिस भट्टराई लगायत कृसा अध्यक्ष बेग प्रकाश चन्द , मुक्ती प्राबिका प्रअ बद्रीनाथ सापकोटा , निवर्तमान कृसा अध्यक्ष दिनेश सिग्देल लगायतले विद्यालयको उतरोत्तर प्रगतिको कामना सहित आ आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा बिद्यार्थी भाईबहिनी लगायत अभिभावकहरुको उत्साहजनक उपस्थिती रहेको थियो।