बाके जिल्लामा पहिलो पटक हुनलागेको फुटबल प्रतियोगिता प्रथम कोहलपुर गोल्ड कप २०७९ को तयारी पूरा भएको छ । कोहलपुर नगरपालिका वडा नं. २मा रहेको खेलमैदानमा यही चैत ०४ देखि ११ गतेसम्म सञ्चालन हुने खेललाई उत्कृष्ट, भव्य र परिस्कृत बनाउने उद्देश्यले सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
प्रतियोगितामा घरेलु टोली रेसिङ्ग सहारा क्लव सहित ए डिभिजन क्लबहरु कपिलबस्तु –११ , संकटा क्लव,साहारा क्लव भारत ,व्याईज युनियन क्लव ,ए. एप. सी. क्लव क्यामरुन , हिमालय शेर्पा क्लव र नवलपरासी –११ सहभागी हुनेछन् । गोल्डकपमा आयोजक क्लव सहित ८ टिम रहने पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिएका थिए । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ’ भन्ने नारासहित सञ्चालन हुने पहिलो कोहलपुर गोल्ड कपको औपचारिक लोगो समेत सार्वजनिक गरिएको छ ।
गोल्ड कपका लागि तयारी गरिएको जर्सीसमेत कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सार्वजनिक गरेका थिए । गोल्ड कपलाई एउटा सामाजिक तथा स्थापित संस्थाका रूपमा अगाडि बढाउन र बा“के जिल्लालाई देश तथा विदेशमा चिनाउन कोहलपुर गोल्ड कपले काम गर्ने चक्र क्षेत्रीले वताए ।
गोल्ड कपका विजेताले नगद रु ७ लाख ५० हजार र उपविजेताले नगद रु ३ लाख पा“च हजार प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न रु एक करोड ६० लाख खर्च लाग्ने अनुमान गरिएको क्लवका अध्यक्ष क्षेत्रीले वताए । प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरको वडा नं. २ मा रहेको खेलमैदानलाई फुटवल एकेडेमीको रुपमा विकास गर्न कोहलपुर गोल्ड कपको ठुलो भुमिका रहने आचार्यले वताए । यस्तै कोहलपुर रेसिङ्ग सहारा क्लवका सदस्यहरुले जुन खालको साहास गरेर कोहलपुर गोल्ड कप गर्न लागेको प्रति कोहलपुर नगरपालिकाको तर्फ बाट सवै किसिमको सहयोग गर्ने प्रतिद्धता समेत जनाएका थिए । कोहलपुर चिनाउने उद्देश्यका साथ आयोजना गरिएको कोहलपुर गोल्ड कप सफल बनाउने आम कोहलपुर बासीहरुको जिम्मेवारी भएको मेयर आचार्यले वताए ।