प्रहरी प्रमुख र पत्रकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न ।

पिपलबाेट संवाददाता


शिवानी बि.क , बाँके भर्खरै सरुवा भएर बाँके कोहलपुरको प्रहरी कार्यालयमा आएका प्रहरी निरीक्षक सुन्दर तिवारी र बाँके क्षेत्रका क्रियासिल पत्रकार बिच परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर क्षेत्रको शान्ती सुरक्षालाई निरन्तरता दिन आफु प्रतिवद्ध रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले बताएका छन । पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो बताएका हुन । भेटघाट कार्यक्रममा बोल्दै कोहलपुर आउनु पूर्व नै आफुले कोहलपुरको समग्र वस्तुस्थितीका बारेमा अध्ययन गरेर वार्षिक कार्ययोजना तयार पारेको बताउँदै तिवारीले कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् ।

अपराधिक गतिविधिका हिसावले ट्रान्जिट प्वाईन्टका रुपमा रहेको कोहलपुरमा शान्ती सुरक्षा कायम राख्नु चुनौतीको विषय भएपनि नयाँ ढंगबाट अप्रेशन संचालन गर्ने योजनामा रहेको उनको भनाई थियो । यस क्षेत्रमा हुने जुवातास, लागू औषध, चोरी तस्करी जस्ता गतिविधिलाई न्यूनीकरण गर्न आफुले पहल गर्ने बताए हुन् । यस्ता समस्या समाधान तथा न्यूनिकरणकालागि सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रमहरु संचालनमा ल्याउने उनले भनेका छन् । डिएसपी तिवारीले स्थानिय सरकार, निजि क्षेत्र र आम नागरीकसँग सहकार्य गरेर कार्य गर्ने योजना रहेको उनले बताएका छन् । पैसा कमाउने उद्धेश्यले आफु कोहलपुर नआएको समेत डिएसपी तिवारीले जिकिर गरेका छन् । कोहलपुरमा लागुऔषध दुब्र्यसनि डरलाग्दो अवस्थामा रहेको बताउँदै तिवारीले १ महिनाको अवधिमा १५७.४३ ग्राम लागुऔषध बरामद गरीएको जानकारी दिए ।

कोहलपुर आएलगत्तै लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणकालागि ब्यापक जनशक्ति परीचालन गरी प्रमुख नाकामा चेकजाँचलाई कडाई पारीएको जिकिर गरेका छन् । ७ महिना भरी बरामद गरीएको लागुऔषधको तुलनामा फागुन महिनाभित्रै धेरै लागुऔषध बरामद गर्न सफल भएको उनले जानकारी दिए । जघन्य खालका अपराधहरुलाई नियन्त्रणका लागि कार्ययोजना बनाएरै अघि बढ्ने घोषणा गरेका छन् । आफु आए देखि बिभिन्न समस्या लिएर प्रहरी समक्ष आउने सेवाग्राहीलाई निशुल्क सेवा र हेल्फ डेक्सको व्यवस्था गरीदिएको उनले पत्रकारहरु मार्फत जानकारी दिएका छन् । आफु यो ठाउँका लागि नयाँ भएको र परिवेश, वातावरण संग पूर्ण रुपमा जानकार नभएकोले आफुलाई सघाई सहयोग गर्न पत्रकारहरुलाई उनले अनुरोध गरेका छन् । त्यस्तै पत्रकारहरुलाई सहि समयमा सुचना दिएर सहयोग गरिदिन आग्रह पत्रकारहरुले आग्रह गरेका छन् ।

३ चैत्र २०७९ मा प्रकाशित
Nabintech