शिवानी बि.क बाँके, कोहलपुर डेरी एसोसिएसन संघ बाँकेले चैत ५ गते बाट लागू हुने गरि दूध जन्य पदार्थको मूल्य बृद्धि गर्ने भएको छ । संघले एक सूचना जारी गरि बाँकेमा प्रतिलिटर दुधमा १५ रुपैयाँ बृद्धि गरेको छ । योसंगै बाँकेमा दुध र दुग्धजन्य पदार्थको मूल्य बढेर आएको छ । बाँकेमा दुध र दुधबाट निमार्ण हुने बस्तुको पनि मूल्य बढ्ने भएको हो । दूध जन्य ब्यबसायि र डेरी उद्योगी, भैंसी फम किसानहरूको शनिबार बसेको बैठकले गुणस्तरीय दूध मात्र बजारिकरण गर्ने निर्णय गरेको छ । सरकारले गत फागुन १९ गते निर्णय गरेर दुधको मूल्य बृद्धि गरेको थियो । सोही निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले गएको फागुन २५ गते कृषकहरुको दुग्ध उत्पादन सामाग्रीहरु, पशु आहारहरु, श्रमीक ज्याला, मुद्रास्फिर्ती तथा उद्योग व्यवसाय व्यवस्थापन लगायत उत्पादन लागतमा भएको मूल्य बृद्धिले गर्दा दुध तथा दुग्धजन्य पदार्थको मूल्यमा मूल्यमा बृद्धि गर्ने जानकारी दिएको छ । कोलहपुरका उपभोक्तालाई गुणस्तरीय दुधजन्य पदार्थ पु¥याउने पहल गरिने कोहलपुर डेरी एसोसिएसन संघ बाँकेले जानकारी दिएको छ । जसमा होल दुधको मूल्य रू १००, स्टेन्डर दुधको मूल्य ९६ कायम गरिएको छ । त्यसैगरी सादा दहिको रू १४०, मिठआ दिहिको १६०, दहि प्रतिकप २५०, एमएल ५०, पनिर प्रति किलो ८५० घिउ प्रति किलो १४,०० क्रिम प्रतिकिलो ८०० खुवा प्रतिकिलो १२०० नौनी प्रतिकिलो रू ११५०, बदाम मिल्क प्रतिकिलो २५० एमएल ८० र महि प्रति लिटर रू ७० कायम गरिएको कोहलपुर डेरी एसोसिएसनले आज बसेको बैठकले मूल्य कायम गरेको हो ।