प्रथम कोहलपुर गोल्ड कपको उद्दघाटन ।

पिपलबाेट संवाददाता


शिवानी बि.क बाँके, प्रथम गोल्डकप २०८९ एक औपचारीक कार्यक्रमका बिच उद्दघाटन गरीएको छ । आज देखि कोहलपुरको १३ बिघामा हुने प्रथम गोल्डकपको कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन् । गोल्ड कपले कोहलपुरको पर्यावरणमा सहयोग पुग्ने उनको भनाई रहेको छ । खेल सिकाईको एउटा दरिलो माध्यम र शक्ति, क्षमता, कला, प्रदर्शन गर्ने अवसर भएको भन्दै प्रमुख आचार्यले व्यक्तिको शारीरिक, सामाजिक तथा आर्थिक विकासमा समेत ठुलो सहयोग पु¥यायने कुरालाई जोडका छन् । यस्ता खेलहरूको आयोजना गर्नु, सहभागितासम्म जनाउन पाउँनु, कोहलपुरको लागि ठुलो प्रतिष्ठाको विषय भएको उनले बताएका छन् । हारजित खेलको नियम हो, यो सत्यतालाई सबैले स्वीकार्नु भन्दै खेलाडिलाई सफतको शुभकामना समेत दिएका थिए । खेल संचालन हुने बेला सम्म कुनै पनि समस्या आई परे स्थानिय सरकारले समन्वय गरी सहयोग गर्न तत्पर रहेको उनले बताएका छन् । कोहलपुर रेसिङ्ग क्लबको आयोजनामा जारी कोहलपुर गोल्ड कपको संचालन सचिव नबकिरण शाहले गरेका थिए । प्रथम गोल्डकपको उद्घाटन खेलमा कोहलपुर रेसिङ्ग क्लबले कपिलवस्तु ११ लाई एक का बिरुद्ध १५ गोल गरि बिजयी भएको छ । खेल सुरू भएको केही समयमा कोहलपुर रेसिङ्ग क्लबका जर्सी नं. ८ का हरि कठायतले गोल गरि आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । चैत ४ गते बाट शुरु भएकको गौल्ड कप चैत ११ गते सम्म संचालन हुने भएको छ जसमा ८ वटा टिमले खेलमा सहभागि जनाउने भएका छन् । गोल्डकपका प्रथम विजेताले ७ लाख नगदसहित मेडल ट्रफी र प्रमाण पत्र पाउने भएका छन् भने उपविजेताले नगद ३ लाख ५० हजारसहित मेडल ट्रफि र प्रमाण पत्र पाउने रेसिङ्गा साहारा क्लब बाँकेले जानकारी दिएको छ । कार्यक्रममा स्थानिय सरकार, राजनैतिक दलका जन प्रतिनिधि, प्रहरी प्रशारन, पत्रकार आम नागरीक लगाएतको उपस्थित रहेको थियो ।

४ चैत्र २०७९ मा प्रकाशित
Nabintech