दुई दिने मन्टेश्वरी ओरिन्टेशन प्रशिक्षण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन १२
बाँकेको कोहलपुरमा बाँके मन्टेश्वरीको आयोजनामा र मन्टेश्वरी एसोसियशन नेपालको सहयोगमा दुई दिने मन्टेश्वरी ओरिन्टेशन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो प्रशिक्षण कार्यक्रममा मन्टेश्वरी एसोसियशन नेपालकी केन्द्रिय अध्यक्ष सुष्मा लामाले बालबालिकाहरुको मनोविज्ञान बुझेर मात्र शिक्षण गर्नुपर्नेमा जोड दिएकी थिईन् । साथै उनले मन्टेश्वरीका शिक्षकहरुले बच्चाहरुको क्षमता बराबर नहुने भन्दै बच्चाको रुचि अनुसारको व्यवहार प्रस्तुत गर्नुपर्नेमा जोड दिईन् । ‘घर र परिवार बच्चाको लागि पहिलो स्कुल र शिक्षक भएकोले समस्या पनि पहिले घरमा खोजेर समाधान निकाल्नु पर्छ’ उनले भनिन् ‘बच्चाहरुको पढाइका लागि अभिभावकहरु धेरै जिम्मेवारी बन्नु पर्ने हुन्छ ।’ साथै घोकन्ते विद्या नभएर वैज्ञानिक शिक्षा आजको आवश्यकता भएकाले त्यो मन्टेश्वरी विधिबाट मात्र प्राप्त हुनेमा विश्वास व्यक्त गरेकी थिईन् ।

त्यस्तै समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका समाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले स्थानिय सरकारले निर्माण गर्न लागेको शिक्षा नियमावलीमा मन्टेश्वरीको विकास र वृद्विका लागि विशेष नीति लिईने बताएका छन् ।
साथै मन्टेश्वरीको विकास र वृद्विका लागि आगामि दिमहरुमा यस्ता महत्पूर्ण प्रशिक्षणहरुको आयोजना गरिने मन्टेश्वरी एशोसियशन बाँकेका सल्लहाकार गोविन्द पौडेलले बताएका छन् ।
त्यस्तै बाल मनोविज्ञान, बाल प्रतिभा, शिक्षण सिकाईका प्रयोगात्मक तथा सैद्वान्तिक विषयमा प्रशिक्षण दिईएको मन्टेश्वरी एशोसियशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीले जानकारी दिइन ।
सो प्रशिक्षण कार्यक्रममा बाँके जिल्लाका १६ वटा मन्टेश्वरी, ५ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो भने मन्टेश्वरीमा बालबालिकालाई पढाउने अभिभावक, मन्टेश्वरीका संचालक, शिक्षक, कर्मचारी लगायत १ सय २० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन मन्टेश्वरी एशोसियशन बाँकेका सह–सचिव सरु पौडेलेको रहेको थियो ।

१२ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech