निम्बलको पाँचौ वार्षिक उत्सव सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन १३

बाँकेको कोहलपुर–११मा रहेको निम्बल ई.मि. स्कुलले आफ्नो पाँचौ वार्षिक उत्सव शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले गरे थिए । कार्यक्रममा बोल्दै मेयर रावतले कोहलपुरलाई नेपाकै शैक्षिक हबका रुपमा विकास गर्नका लागि स्थानिय सरकार लागि परेको बताएका छन् । साथैउनले कोहलपुर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्राविधिक विषयलाई प्राथमिकता दिनका लागि विशेष योजना स्थानिय सरकार ल्याउन लागेको बताए । कोहलपुरलाई पर्यटकिय नगरका रुपमा विकास गर्नका लागि सम्पूर्ण सरकारवाला निकायलाई हार्दिक अनुरोध गर्दै कोहलपुर नगरपालिकाको समग्र विकासका
लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले स्थानिय सरकारले कोहलपुर नगरपालिका भित्रको शैक्षिक विकास लागि शिक्षा नियमावली बनाउनका लागेकोले संस्थागत विद्यालयको विकासका लागि विशेष नीति लिईने बताए ।
कार्यक्रममा उत्कृष्ट शिक्षिका लक्ष्मी भण्डारी, पूर्व प्राथमिक तर्फ स्कुल प्रथम सौगात चन्द र आधारभू तर्फ स्कुल प्रथम भएका कुमार केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांकृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष निम बहादुर के.सीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपी खनाल, नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेल, कोहलपुर नगर सरकारका विधान समिति संयोजक भिम बहादुर नेपाली, आर्थिक समिति संयोजक डिल बहादुर परियार, प्याब्सन बाँकेका सचिव यम रावत, माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने लगायत अभिभावक, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

१३ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech