कोहलपुर, फागुन १३
बाँकेको कोहलपुरमा शनिबार नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेल, जितु नेपाल, रवि डंगोल, जानुका केसीले दर्शकहरुलाई हसाएका छन् भने चर्चित गायक कालीप्रसाद बास्कोटाले गीतहरु गाउँदा दर्शकहरु नाचेका थिए ।
होटल व्यवसायी बाँकेको आयोजना तथा गोल्डेन वाकको आर्थिक सहयोगमा शनिबार कोहलपुरमा सम्पन्न भएको एक दिने बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकार मनोज गजुरेलले नेपालको वर्तमान अवस्थाका बारेमा व्यङ्ग्य प्रहार गरेका थिए । नेपालमा राजनीतिक स्थिरता कायम हुनुपर्ने भन्दै आम नेपाली जनता सचेत हुनुपर्ने बताए । वर्तमान नेपालका युवाहरु समाजिक सञ्जालको दुरुपयोग गरिरहेको अवस्थालाई आत्मासाथ गर्दै नेपालीहरुले समाजिक सञ्जाललाई गलत तरिकाले नबुझ्न उनले अनुरोधगरेका थिए ।
त्यस्ते चर्चित हाँस्य कलाकार जितु नेपाल, रवि डंगोल, जानुका केसीले नेपालका सबै युवाहरु विदेश जानुपर्ने अवस्था आएकाले देशको विकास हुन नसकेकोमा व्यङ्ग्य गरेका थिए । देशमा शान्ति आएपछि सबै क्षेत्रको विकास हुने भन्दै आर्थिक समृद्धिको बाटो तिर देशलाई लिनुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले नेपाली गीतहरुको व्यङ्ग्यात्मक शैलिमा प्रस्तुत गराई उपस्थित दर्शकहरुलाई हसाएका थिए ।
त्यस्तै कार्यक्रममा नेपालका चर्चित गायक कालीप्रसाद वास्कोटाले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले कोहलपुरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नकालागि यस्ता साँस्कृति कार्यक्रमलाई जोडदिनुपर्ने बताएका थिए ।
यस्ता मेला महोत्सवको मध्यमबाट कोहलपुरको विकास गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई स्थानिय सरकारले पनि विशेष सहयोग गर्ने बताए ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आगामी चैत्र २० देखि २५ गतेसम्म कोहलपुमा हुन गइरहेको राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको होटल व्यवसायी बाँकेका अध्यक्ष बलराम भट्टराईले जानकारी दिए ।