निःशूल्क दन्त परिक्षण शिविर सुरु

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन, २१
बाँकेको कोहलपुरमा सोमबारदेखि जुनियर÷यूवा रेडक्रस सर्कल तक्षशिला एकेडमीको आयोजना तथा कौशिल्या पोलिक्लिनिक प्रा.ली.को प्राविधिक सहयोगमा दुई दिने निःशूल्क दन्त परिक्षण शिविर सुरु भएको छ ।
‘रेडक्रसका जुनियर÷यूवा, दिगो विकासमा पु¥याउँछ टेवा’ भन्ने मुल नाराका साथ ५४ औँ जुनियर÷यूवा रेडक्रस सर्कल दिवसको अवसर पारि दुई दिने दन्त परिक्षण शिविरमा सोमबार पहिलो दिन ९० जना भन्दा बढीले दन्त परिक्षण गराएका छन् ।
कार्यक्रममा बोल्दै नेरेसो जिल्ला शाखा बाँकेका जुनियर÷यूवा समितिका संयोजक सूरेन्द्रनाथ सापकोटाले मानविय सेवामा समर्पित यूवाहरुलाई असल नागारिक बनाउन रेडक्रस अभियानमा सहभागि हुन अनुरोध गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा तक्षशिला एकेडेमीका प्रबन्धक निर्देशक कमल पछाई, खोपिराम वली, सर्कलका संरक्षक तथा विद्यालयका प्रिन्सिपल बासु गिरी, कौशिल्या पोलिक्लिनिक प्रा.ली.का निर्देशक राम न्यौपाने, शिक्षक, विद्यार्थी लगायत स्थानियको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जु.रे.स. तक्षशिला एकेडमी बाँकेकी सचिव दिप्ती सुवेदीले गरेकी थिईन् भने जुनियर÷यूवा सर्कलका शिक्षक नायक धनराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । साथै दुई दिने निःशूल्क दन्त परिक्षण भेरी अञ्चल अस्पतालमा कार्यरत डा. दिल बहादुर सत्यालले गरेका छन् ।

 

२१ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech