रेडक्रस दिवसको अवसरमा सचेतना गोष्ठी सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन २२
बाँकेको कोहलपुरमा मंगलबार ५४ औँ जुनियर÷यूवा रेडक्रस दिवसको अवसर पारी एक दिने सचेतना गोष्ठी सम्पन्न गरिएको छ ।
‘रेडक्रसका जुनियर÷यूवा, दिगो विकासमा पु¥याउँछ टेवा’ भन्ने मूल नाराका साथ ५४औँ जुनियर÷यूवा रेडक्रस दिवसमा यस क्षेत्रका करिब २० वटा जुनियर÷यूवा रेडक्रस सर्कलमा आवद्व विद्यालयका ४० भन्दा बढी विद्यार्थीहरुलाई रेडक्रस गतिविधिका बारेमा जनकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले आफ्नो पढाइसँगै मानविय सेवामा विद्यार्थीहरु लाग्न अनुरोध गर्दै देश विकासका लागि युवाहरु नै सचेत हुनपर्नेमा जोड दिएका थिए ।
त्यस्तै विद्यार्थीहरुलाई रेडक्रसका गतिविधिका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यलय प्रमुख लाल बहादुर रानाले जनताका दुःख÷सुःख साथ दिनु रेडक्रसकर्मीको धर्म भएको बताएका छन् ।
त्यस्तै कार्यक्रममा ट्राफिक नियमका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी दिईएको थियो । कोहलपुर नेपालगञ्जको सडक खण्डमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक नियमका बारेमा जानकारी गराईएको थियो । ट्राफिक नियमका बारेमा जानकारी दिँदै मध्यपश्चिमाञ्चल क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयका डिएसपी दिवाकर घिमिरेले सवारी साधानको तिव्र गति, सिट बेल्ड, जेब्रा क्रसिङ्गका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
साथै लागु औषधका बारेमा नेपाल प्रहरीले जानकारी दिएका थिए । युवाहरु गलत बाटो तिर नलागेर समाजको असल नागरिक हुनुपर्नेमा जोड दिईएको थियो भने दान्तरोग सम्बन्धी डा. रमेशराम भण्डारीले प्रशिक्षण दिएका थिए ।
जुनियर÷यूवा तथा क्षमता समितिका संयोजक गोविन्द वाग्लेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रेडक्रस प्रेमीहरुको सहभागिता रहेको थियो ।

२२ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech