अब आधुनिक शिक्षामा जोड दिनुपर्छ ः डा.कोइराला

पिपलबाेट संवाददाता


कोहलपुर, फागुन २३
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोईरालाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आधुनिका शिक्षालाई जोड दिएको बताएका छन् । बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसले २५ औं बसन्त पारगरी रजत जयन्ती समारोहमा बोल्दै उच्च शिक्षा हासिल गरेर पनि सडकमा भोतारिनुपर्ने शिक्षाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै विश्व बजारमा प्रातिस्पर्धा गर्न सक्ने शिक्षा आधुनकि शिक्षाको आवश्यक परेको बताए । साथै उनले २१ औं शताब्दिको शिक्षा भिक्षा माग्ने होइन, दिक्षा प्राप्त गर्ने शिक्षा हुन आवश्यक रहेको बताएका छन् । ‘उच्च शिक्षा हासिल गरेका प्रमाण पत्र देखाएर संसारको कुनै पनि ठाउँमा टिक्न सक्छु भन्ने शिक्षा हुनुपर्छ’ उनले भने ‘विश्वविद्यालयहरुले अब युग अनुसारको शिक्षालाई प्राथमिकता दिनुपर्छ ।’ साथै उनले शिक्षाले व्यक्तिको सोचाईमा परिवर्तन ल्याउनुपर्ने बताउँदै नयाँ सोच र विचारका साथ शैक्षिक प्रणालिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस अबको केहि समय भित्र नै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहने बताउँदै छिट्टै त्यो प्रक्रिया पुरा हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य आरती पौडेलले क्याम्पसले प्राविधि शिक्षालाई जोड दिनका लागि आवश्यक पहल गनेर्न बताएकी छिन् । साथै उनले देशको विकास र समृद्विसँग शिक्षा जोडिएकाले क्याम्पसको विकास र वृद्विका लागि आफु लागि पर्ने बताएकी छिन् ।
कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष अशोक कोइरालाले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गराउनका लागि बागेश्वरी क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पार्टी सभापति किरण कोइरालाले आजको आवश्यक अनुसारको शिक्षालाई जोड दिनुपर्ने बताउँदै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु आत्मानिर्भर भएर बच्न सक्ने हुनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले आजको आवश्यकता अनुसारको शिक्षा दिन नसक्दा युवाहरु उच्च शिक्षा हासिल गरेर पनि विदेश जानुपर्ने बाध्यता भएको उल्लेख गरेका छन् । देशमै बसेर केहि गर्नसक्ने शिक्षालाई जोड दिन राज्यले विशेष नीति लिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिएको खण्डमा शैक्षिक विकासमा गति आउने बताए ।
कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरुले क्याम्पसलाई शैक्षिक विकासको मार्गमा अगाडि बढाउनका लागि पहल गर्ने प्रतिवद्वता जनाएका छन् ।


कार्यक्रममा क्याम्पसको कार्यपत्र प्रस्तुत गर्दै बागेश्वरी बहुमुखि पब्लिक क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसलार्य गुणस्तर प्रत्यायन सुनिश्चितता प्राप्तिाका लागि कार्यक्रम अगाडि बढाईने, समय सापेक्ष विभिन्न तहमा नयाँ नयाँ विषय तथा कार्यक्रम थप गरी पठन पाठन गरिने, क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित गर्ने, भौतिक पूर्वाधार विकासका लागि स्थानीय सनकायहरुसँग समन्वय गर्ने लगायतका प्रतिवद्वता जनाएका छन् ।
साथै रजत जयन्तीको अवसरमा क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थापक प्राध्यापक तथा विद्यार्थीहरु, पूर्व सञ्चालक समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुखहरु, पूर्व स्व.वि.यू सभापतिहरु, पछिल्लो वर्षको नतिजामा संकायगत सर्वोत्कृष्ट स्थान प्राप्त विद्यार्थीहरु, क्याम्पसबाट अध्ययन पुरा गरी नेपाल सरकार, संस्थान, निकाय तथा प्राधिकरणका क्षेत्र र अन्य क्षेत्रका विशेष पदमा पुगी उल्लेखनिय सेवाप्रदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ । त्यस्तै २०४८ सालमा स्थापना हुँदा पहिलो वर्षको अध्ययन पुरा गरेका चारजना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो भने क्याम्पसबाट अध्ययन पुरा गरी हाल विश्वविद्यालयमा अध्यापनरत प्राध्यापकहरु, शैक्षिक संस्थानका प्रमुखहरु, यस क्षेत्रमा रहि शैक्षिक, आर्थिक र प्रशासनिक क्षेत्रमा उल्लेखनिय सेवा प्रदान गर्नेहरुलाई सम्मान गरिएको थियो । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा हाल सम्म कक्षा ११ देखि एमएड सम्म पढाइ भईरहेको छ ।
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सांसद, स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी व्यापारी, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायत अभिभावकको सहभागिता रहेको थियो ।

२३ फाल्गुन २०७४ मा प्रकाशित
Nabintech